होङ्सी सिमेन्ट कारखानामा रहेको ट्रकमा आगलागी

आदर्श समाज सम्वाददाता
जेठ १५, २०७७
tourk 2 copy

नवलपुर । पूर्वी नवलपरासीको विनयी त्रिवेणी ४ मा रहेको होङ्सी शिवम सिमेन्ट कारखानामा रहेको ट्रकमा लागलागी भएको छ ।

विहीबार विहान १० बजेको समयमा कारखाना परिषर भित्र रहेको ना ६ ख १११२ नम्बरको ट्रकमा आगलागी भएको हो ।आगलागीबाट ट्रकको अगाडिको भाग पूर्ण रुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले बताएका छन् ।ट्रकमा वाइरिङ तार सट भई अचानक आगलागी भएको र घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width