नेपालमा कोरोना संक्रमण वढ्दो, एकै दिन १५६ जना संक्रमित

Avatar एजेन्सी
जेठ १५, २०७७

काठमाण्डौ, १५ जेठ । विहीबार एकै दिन १५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ, यो सँगै नेपालमा १०४२ जनामा कोरोना संक्रमित पुगेका छन् ।

पछिल्लो तीन दिनमा कोरोना संक्रमितको संख्या अत्याधिक रुपमा वढेको छ । मंगलबार ९० जना, बुधबार ११४ जना र बिहीबार १५६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

अहिलेसम्म ५ जनाको संक्रमणकै कारण निधन भएको छ । संक्रमितमध्ये ९४० पुरुष र १०२ महिला रहेको प्रवक्ता देवकोटाले जानकारी दिए। अहिलेसम्म एक सय ८७ जना संक्रमित उपचारपछि निको भइ घर फर्किएका छन्।

नेपालमा गत माघ ९ गते चीनबाट आएका एक पुरुषमा पहिलोपटक कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसको दुई महिनापछि चैत १० गते फ्रान्सबाट आएकी महिलामा कोरोना पुष्टि भएको थियो। नेपालका तराई जिल्लामा कोरोना संक्रमढण वढी फैलिएको छ ।