काठमाडौं, १५ जेठ । नेपाली काँग्रेसले जेठ १७ गते केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । पार्टी कार्यालय सानेपामा केन्द्रीय समिति बैठक बोलाइएको हो । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुलाई अनिवार्य उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको विज्ञप्तिमा उल्लेख छ ।
बैठकमा संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव सम्बन्धमा छलफल हुनेछ ।केपी शर्मा ओलीले संविधान संशोधनमा राष्ट्रिय सहमतिका लागि सर्वदलीय बैठक बैठकमा काँग्रेसले संविधान संशोधनको पक्षमा दृढ रहेको भन्दै केन्द्रीय कार्यसमिति बैठकबाट संस्थागत निर्णय गर्ने बताएको थियो ।
सरकारले गत शुक्रबार लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नक्सामा निसान छाप परिवर्तन गर्न संसद्मा संविधान संशोधन प्रस्ताव दर्ता गराएको थियो । तर बुधबारको प्रतिनिधिसभाको सम्भावित कार्यसूचीमा रहेको संविधान संशोधन प्रस्ताव हटाइएपछि काँग्रेस केन्द्रीय समिति बैठकलाई देखाइएको थियो ।
तर काँग्रेसले त्यसको खण्डन गरेको छ । काँग्रेस प्रवक्ता विश्वपकाश शर्माले प्रतिनिधिसभाको बुधबारको बैठकको कार्यसूचीबाट ‘नेपालको संविधानलाई संशोधन गर्न बनेको बिधेयक’ हटाइएको बिषय र त्यसमा नेपाली काँग्रेसलाई जोडेर प्रेषित गरिएका समाचारप्रति पार्टीको ध्यान गम्भीरतापूर्वक आकृष्ट भएको बताएका थिए ।
Related News
सम्बन्धित समाचार
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
hero news full width
मुख्य समाचार
स्वदेश फर्किए कतारी अमिर
कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१रोजगार खोज्दै मेलामा
वैशाख १२, २०८१कतारी अमिरलाई ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ !
वैशाख ११, २०८१फेवातालमा दुर्घटनामा परेका ५ जनाको उद्धार
वैशाख ११, २०८१लोकतन्त्रका १८ वर्ष : लोकतन्त्रले छोएन लोकलाई
वैशाख ११, २०८१