आधारभूत स्वास्थ्य सेवाले सुविधा

आदर्श समाज सम्वाददाता
जेठ १५, २०७७
pateni

तनहुँ । सरकारले हरेक वडामा आधारभूत स्वास्थ्य केन्द्र राख्ने निर्णयसँगै व्यास–५ को पतेनी आधारभूत स्वास्थ्य केन्द्र प्रभावकारी बन्दै गएको छ । सरकारबाट निःशुल्क वितरण गरिएको ४५ खालको औषधीले वडाका वासिन्दालाई राहत पुगेको छ ।

दैनिक १५ देखि २० जनालाई निःशुल्क स्वास्थ्य सेवा दिएको पतेनी आधारभूत स्वास्थ्य केन्द्र प्रमुख अहेव शैलेश हडखलेले जानकारी दिए । हाल आधारभूत स्वास्थ्य केन्द्रबाट श्वासप्रश्वाससम्बन्धी, व्लडपे्रसर, सामान्य घाउ चिरफार, गर्भवती सेवा, परिवार नियोजन सेवा, निःशुल्क स्वास्थ्य परामर्श सेवा, विभिन्न खोप सेवा दिइएको उनले बताए ।

समाजका विपन्न परिवारलाई स्वास्थ्य केन्द्रबाट दिइने सुविधाले धेरै राहत पुगेको वडा ५ का अध्यक्ष मोहनकुमार श्रेष्ठले बताए । मजदुर, एकल महिला तथा आर्थिक हैसियत कमजोर भएकोले प्राथमिक उपचार पाएको उनले बताए ।

हरेक वडामा आधारभुत स्वास्थ्य केन्द्र स्थापना भएसँगै प्राथमिक रोगको उपचारका लागि बाहिर धाउनुपरेको छैन, वडावासी प्रेमकुमार श्रेष्ठले बताए । स्थानीयस्तरमै जनताले सुलभ तरिकावाट स्वास्थ्य सेवा पाउनु सकारात्मक भएको उनले बताए ।

एक अहेव, एक अनमी र एक कार्यालय सहयोगी रहेको पतेनीमा आफनै भवनमा सरेपछि जनताले थप सेवा पाउने र केन्द्रले जनताको भावनाबमोजिम सक्दो स्वास्थ्य दिन लागीपरेको केन्द्रका प्रमुख हडखलेले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width