स्क्रव टाइफस संक्रमित बढे

साधन राम्जाली
जेठ १५, २०७७
scrub

म्याग्दी  । म्याग्दीमा थप एक महिलामा स्क्रव टाइफस संक्रमण पुष्टि भएको छ । बुधबार बेनी अस्पतालमा उपचार गराउन आएकी जिल्लाको बेनी–९, काउलेगौडाकी ४५ वर्षीया महिलामा स्क्रव टाइफस पोजेटिभ देखिएको बेनी अस्पतालका सूचना अधिकारी प्रकाश सुवेदीले जानकारी दिए । उनका अनुसार उपचारका लागि अस्पताल आएकी ती महिलामा अत्याधिक ज्वरो आउने, शरीर दुख्ने, हात र पाखुरामा रातो दाग देखिने लगायत लक्षण देखिएको थियो ।

योसँगै म्याग्दीमा स्क्रव टाइफसका बिरामी संख्या ४ पुगेको छ । यसअघि पुस १७ मा बेनी–९, गलेश्वरकी ६६ वर्षीया महिला र बैशाख ९ मा मंगला–५, अर्मनका १७ वर्षीय पुरुषमा स्क्रव टाइफस र डेङ्गु तथा जेठ ७ मा बेनी–६, छापाकी १८ वर्र्षीया युवतीमा स्क्रव टाइफस पोजेटिभ देखिएको थियो । संक्रमित बिरामीलाई उपचारपछि चिकित्सकको सल्लाह अनुसार घर पठाइएको छ ।

स्क्रव टाइफस मुसामा लाग्ने किर्ना जस्तो देखिने किरा (माइट)को टोकाईबाट मानिसमा सर्ने अस्पतालका मेडिकल सुपरी टेण्डेन्ट डा.अमृत अधिकारीले बताए । यसलाई सामान्य बोलिचालीको भाषामा भुसुना पनि भन्ने गरिन्छ ।उनका अनुसार यो रोग माइटमा पाइने इचभलतष्ब त्कगतकगनबmगकजष् भन्ने जिवाणुबाट लाग्दछ ।

स्क्रफ टाइफस संक्रमित बिरामीमा धेरै ज्वरो आउने, टाउको दुख्ने, पसिना आउने, झाडापखाला लाग्ने लगायत जस्ता लक्षण देखिने गर्दछ । माइट प्रायजसो झाडी, खेतबारी, वनजंगल तथा बढी फोहोर हुने ठाउँमा देखिने भएकाले कृषिको काम गर्दा विशेष ध्यान दिन र मुसाको बृद्धि विकास नहुने वातावरणको सृजना गर्ने डा. अधिकारीको सुझाव छ ।

बेनी अस्पतालमा स्क्रब टाइफस परिक्षण गर्ने किट पर्याप्त मात्रामा रहेको वरिष्ठ मेडिकल ल्याव टेक्नोलोजिष्ट सञ्जोग तिमिल्सिनाको बताए । ‘कडा ज्वरो आएको छ भने स्क्रब टाइफस पनि हुन सक्छ, त्यसैले तत्काल स्वास्थ्य संस्था गएर उपचार गराउनुपर्दछ,’ वरिष्ठ मेडिकल ल्याव टेक्नोलोजिष्ट तिमिल्सिनाले भने, ‘सामान्य उपचारबाट निको हुने रोग भए पनि उपचारमा ढिलाइ भएमा बिरामीको ज्यानै जान सक्छ ।’

Related News

सम्बन्धित समाचार

hero news full width