स्याङजामा पनि ३ जना नयाँ संक्रमित थप

प्रकाश ढकाल
जेठ १५, २०७७
dt_200130_coronavirus_test_tube_800x450

पोखरा । स्याङजामा थप तीन जनालाई कोरोना पुष्टी भएको छ। पोखरा स्थित स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा ३ जनामा कोरोना पुष्टी भएको हो।

वालिङ स्थित क्वारेन्टाइनमा बसिरहेका २ पुरुष र एक महिलामा संक्रमण भेटिएको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए।

उनका अनुसार तीनैजनालाई सदरमुकाम स्थित अस्पतालमा ल्याउने तयारी भैरहेको छ । सबैको अवस्था सामान्य रहेको शर्माले बताए । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमित १५ पुगेको छ । हिजोमात्रै बागलुङका ६ जनामा कोरोना संक्रमण पुष्टी भएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width