हत्या आरोपमा श्रीमती पक्राउ

रामकुमार श्रेष्ठ
जेठ १४, २०७७
crime scene tape of  mysterious case in cenematic tone with copy space

नवलपरासी, १४ जेठ । पश्चिम नवलपरासीको प्रतापपुरका एक युवकको हत्या आरोपमा उनकै श्रीमतीलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतापपुर गाउँपालिका–९, बेलाटारीका ३७ वर्षीय धर्मराज मुखिया (चौधरी) हत्याको आशंकामा उनकै श्रीमती ३६ वर्षीया पार्वतीदेवी चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

धर्मराज मुखियाको शव मंगलबार घरभित्रै घाँटीमा नीलडाम, टाउकोमा चोट र दुवै हातको नाडी काटिएको अवस्थामा भेटिएको थियो । प्रहरीले घटनाको आवश्यक अनुसन्धान थालेको जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width