बागलुङमा ६ जना कोरोना संक्रमित भेटिए

प्रकाश ढकाल
जेठ १४, २०७७
balglung

पोखरा । बागलुङमा थप ६ जनामा कोरोना संक्रमण देखिएको छ। ‘आन्तरिक जानकारी आएको छ । त्यसबारे तयारी गर्दै छौं,’ श्रोतले भन्यो, ‘तर मन्त्रालयबाट फाईनल आउनुपर्छ ।’ उनका अनुसार तिनिहरु भारतबाट केही दिन अघि आएर क्वारेन्टाइनमा बसिरहेका छन।

सुनौलि नाका हुँदै उनीहरु बागलुङ पुगेका थिए । सबैजना पश्चिम बागलुङका हुन्।

गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले पनि भेरिफाई गर्ने काम गरिरहेको बताए। ‘काम गरिरहेका छौं । डेढ घण्टामा भेरिफाई हुन्छ,’ उनले भने, ‘त्यसपछि मात्रै सार्वजनिक गर्न सकिएला।’ पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल स्थित प्रयोगशालाका एक कर्मचारीले पनि कोरोना संक्रमित भेटिएको पुष्टी गरेका छन्।

‘हामीले सम्बन्धित ठाउँमा पठाईसकेका छौं । वहाँहरुले सार्वजनिक गर्नुहोला । संक्रमित पुष्टी भएको हो,’ ति कर्मचारीले भने । बागलुङमा यसअघि पनि २ जनामा कोरोना संक्रमण पुष्टी भएको थियो। दुवैजना निको भएर घर फर्किएका छन् ।

गण्डकीमा यो सहित कोरोना संक्रमितकाे संख्या १३ पुगेकाे छ।

Related News

सम्बन्धित समाचार

hero news full width