इटाली बन्यो ई–युरो कप च्याम्पियन

आदर्श समाज सम्वाददाता
जेठ १४, २०७७
Italy, e-Euro Cup Champion

पोखरा । इटाली ई–युरोकप च्याम्पियन बनेको छ ।

युरोपियन अफ फुटबल एशोसिएसन (युइएफए) ले पहिलो पटक आयोजना गरेको ई–युरोकपमा इटालीले सर्वियालाई ३–१ ले पराजित गर्दै यो उपाधि उचालेको हो ।

ई–स्पोर्ट्स् फम्र्याटअनुसार भएको प्रतियोगितामा च्याम्पियन बनेसँगै इटलीले ४० हजार पाउन्ड (करिब ६० लाख) नेपाली रुपैयाँ बराबरको नगद पुरस्कार हात पारेको छ ।

प्रतियोगिताका लागि १ करोड ५० लाख बढी खर्च गरिएको थियो। च्याम्पियनसीपमा युइएफएका सबै ५५ सदस्य राष्ट्रहरुले सहभागिता जनाएका थियो । प्रतियोगिताको फम्र्याट युरोकप सरह नै थियो। पहिलो छनोट चरण थियो । त्यसपछि, समूहचरण र त्यसपछि पनि नकआउट फम्र्याटमा प्रतियोगिताको आयोजना गरिएको थियो ।

क्वार्टरफाइनल चरणमा इटाली, सर्बियासँगै नेदरल्यान्ड, रोमानिया, स्पेन, इजरायल, फ्रान्स र क्रोएसियाले स्थान बनाएको थियो ।

क्वार्टरफाइनल तथा सेमीफाइनल भिडन्त बेस्ट अफ थ्रीका आधारमा गरिएको थियो । सर्बियाले रोमानियालाई २–१ ले तथा इटालीले फ्रान्सलाई २–० ले पराजित गर्दै फाइनल पुगेको थियो ।

युरो कप फुटबल यो वर्षको जुन जुलाईमा हुने कार्यतालिका बनेको थियो । तर, कोरोना महामारीका कारण तोकिएको समयमा युरोकप हुन सकेन र प्रतियोगिता एकवर्षपछि धकेलिएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width