सामुदायिक अस्पतालमा स्वास्थ्य उपकरण आवश्यक

Avatar आदर्श समाज सम्वाददाता
जेठ १३, २०७७
IMG_8714

पोखरा १३, जेठ । गण्डकी प्रदेशकै ठूलो सामुदायिक अस्पताल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) मा अत्यावश्यक स्वास्थ्य सम्बन्धी उपकरण व्यास्थापनको माग गरिएको छ ।

अस्पतालका चिकित्सकले गण्डकी प्रदेश सभा सदस्य रामजी बराल समक्ष अस्पतालका चिकित्सकले यस्तो माग राखेका हुन् । हर्नियाबाट ग्रसित भई शल्यक्रिया गरेपछि मंगलबार डिस्चार्ज हुनुपूर्व अस्पतालका चिकित्सकहरुले आम जनताको स्वास्थ्यमा पहँुच पु¥याउन पनि सामुदायिक अस्पतालमा अत्यावश्यक स्वास्थ्य उपकरण व्यवस्था गर्नुपर्ने देखिन्छ ।

प्रतिष्ठानमा आवश्यक जग्गा, भवन, दक्ष चिकित्सक सहितको स्वास्थ्यकर्मी भएपनि आवश्यक पर्ने स्वास्थ्य उपचरणको अभावमा धेरै बिरामीहरु पोखरा बाहिर जानुपर्र्ने बाध्यता भएको चिकित्सक सुरेश थापाले बताए । डिस्चार्ज भएसंगै सांसद बरालले उपचारमा संलग्न चिकित्सक सहित स्वास्थ्यकर्मीलाई धन्यवाद दिएका छन्। चिकित्सक नरेन्द्र गुरुङ, सुरेश पौडेल सहितको टोलीले बरालको शल्यक्रिया गरेको थियो ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    sanil ads

    wordlink ads