जमुनावर्षा शर्मा- पोखरा, १३ जेठ । विश्वमा फैलिएको कोराना भाइरसको महामारीले नेपालमा समेत धेरैलाई निराश बनाइरहे पनि कास्कीको कुइरेडाँडावासीमा भने यो प्रकोपले माटोको माया जगाएको छ । यहाँका बासिन्दा गाउँ फर्क अभियान शुरु गरेर कृषि कर्ममा जुटेका छन् । देशका विभिन्न ठाउँका नेपाली यतिखेर कृषि कर्मप्रति आकर्षित भएका बेला कुइरेडाँडाका स्थानीयवासीमा पनि त्यही भावना जागृत भएको छ ।
पोखरा महानगरपालिका वडा नं २३ को उपल्लो भेग कुइरेडाँडा गएको करिब एक दशकदेखि सुनसान थियो । अवसरको खोजीमा गाउँ छाडेर हिँडेकाहरु कोरोना भाइरसको त्रासबाट जोगिन गाउँ फर्कन थालेसँगै गाउँको मुहार फेरिने आशा निकै पलाएको छ । अहिले नै गाउँ फेरिन थालिसकेको महसुस भएको छ ।
सोही गाउँका अर्जुन सुनार अहिले गाउँमा पुनः बस्ती बसाल्ने अभियानमा सक्रिय बनेका छन् । सेवानिवृत्त शिक्षक सुनार शारीरिकरुपमा अपाङ्ग छन् । कुइरेडाँडाको बसाइँ आफँैलाई सहज नभएपछि उहाँ पनि १० वर्षअघि ठूलाखेत झर्नुभएको थियो । “म सरकारी विद्यालयमा शिक्षण गर्थें, विभिन्न विद्यालयमा अध्यापन गराएँ, करिब एक डेढ घण्टासम्म हिँड्नुपर्ने भएकाले मलाई सहज भएन, अनि पाँचजनाको परिवारसहित ठूलाखेत झरेको हुँ”, सुनार भन्छन् । “अहिले समय बदलिएको छ, विदेश गएको छोरा फर्किएको छ, २४ वर्ष अस्थायी जागिरबाट ‘गोल्डेन हेण्डसेक’ बुझेर बसेको छु । आफू जन्मे हुर्केको माटोले बिस्तारै मलाई पिरोल्न थाल्यो, अब यहाँ केही गर्नुपर्छ भनेर म र यहाँका हामी स्थानीयवासी जुटेका छाँै ।”
पाँच वर्ष साउदी बसेको छोरा फर्केपछि उहाँमा अर्को खुशी पनि थपिएको छ । “कोरोना देखिनुअघि नै साउदीबाट छोरा फर्कियो, छोरा साथमा भएपछि थप ऊर्जा मिलेको छ, घरको आँगनसम्मै फैलिएको झाडी हटाउँदै अहिले घर मर्मत, सरसफाइ आदि काममा दिनचर्या बितेको छ ।”
साउदीबाट फर्किएका यहाँका अर्का स्थानीय मदन पनि अब गाउँको विकासमा लाग्ने बताउछन् । “आर्थिक अभाव पूरा गर्ने एउटै माध्यम विदेश हो कि भनेर विदेश हुइँकिएँ, कैयौँ भोगाइ र अनुभव लिएर फर्किएको छु, अब गाउँको विकासमा सक्रिय हुन्छु”, मदनले भने । कुनैबेला कवि, कलाकारदेखि आन्तरिक र बाह्य पर्यटकको बाक्लो उपस्थिति रहने यस ठाउँ सुनसान बन्दा ६० वर्षका बलवीर सुनारलाई पनि चिन्ता लागेको थियो । कोरोनाले गाउँको माया जगाइदिएपछि उनी अहिले खुशी छन् । “मेरो एक छोरा चार छोरी छन्, छोरीहरुको बिहे भयो, छोरा विदेश गयो, बुहारी नातिनातिना पढाउन ठूलाखेत झरिन् । गाउँमा हामी बूढाबूढी एक्लै भएपछि छोराले माथि बस्न नदिएर ठूलाखेत झरेका थियौँ । तर अहिले कोरोनाले गर्दा सबैले गाउँलाई माया गरेर फर्किन थालपछि हामी पनि आयौँ, औधी खुशी लागेको छ ।” विदेशमा रहेको छोरा पनि आउने तयारीमै रहेका र बन्दाबन्दीका कारण आउन नपाएको उनले बताए ।
सुनारले अहिलेसम्म पाँच घर परिवार यहीँ बस्नेगरी फर्किसकेका र अरु केही परिवार पनि अहिले घर वरपर सरसफाइ गर्दै बेँसी फर्किँदै गरेका र अब आउने तयारी गरिरहेका जानकारी दिए । “अहिलेको काम घर लिपपोत, बिग्रे भत्केको मर्मत गर्ने र बारीको झाडी पन्छ्याउने मात्रै भएको छ”, उनले भने । सुनारका अनुसार गाउँमा ताँमागीबाट पाइप जोडेर खानेपानी ल्याउने काम सम्पन्न भएको छ । खाली तारमा चट्याङ पर्दा आगो बल्ने खतराले सोलार प्रयोग गरिएको छ । कसैले टुकीको सहारामा अँध्यारो छिचोलिरहेका छन् । मोबाइल चार्ज गर्न समस्या पनि उत्तिकै झेल्नुपरेको छ । तर निरास छैनन् कोही पनि । भन्छन्, “अहिले व्यवस्था हुँदैछ सबैकुरा मिलेपछि बिजुलीको व्यवस्था पनि भइहाल्छ ।”
त्यसो त छ वर्षअघि नै यस गाउँका जीवन सुनारले पनि गाउँ फर्क अभियान चलाएका थिए । सुनारले कतारमा रहँदा नै सुनार समाज गठन गरी गाउँमा बस्ती बसाल्न करिब रु ६ लाख सङ्कलन गरेको बताए । “मैले धेरै प्रयास गरेँ तर सफल भएन, सुनार समाजबाट करिब रु ६ लाख पनि सङ्कलन भएको थियो, कसैले चासो नदिएपछि सबैलाई रकम फिर्ता गरियो, अहिले कोरोना त्रासले माटोको माया जगाइदियो, मलाई झन खुशी लागेको छ ।”
दश वर्ष कतार बसेर आउनुभएका सुनार वडा नं २३ को दलित समन्वय समितिको अध्यक्ष हुनुहुन्छ भने होमस्टे एशोसिएसन गण्डकीको सदस्य । कुइरेडाँडालाई एक नमूना बस्ती बनाएर, कोरोनापछिको एक आकर्षक गन्तव्य बनाउने लक्ष्य उनको छ । “यो सुन्दर बस्ती विभिन्न कारणले सुनसान भयो, धेरै प्रयासपछि अहिले सबै जागेका छन् । यसलाई होमस्टेदेखि सुनार समुदायको रहनसहन संस्कृति झल्कने सङ्ग्रहालयसमेत बनाएर नमूना बस्ती बनाउने सोँच छ”, उनले भने । सुनारले ४५ घर परिवारका करिब ६÷७ सय रोपनी जग्गा रहेको र अहिले गाउँको विकासमा साझा धारणा बनिसकेको बताए ।
कुइरेडाँडामा बस्ती बस्दै गरेको थाहा पाएपछि पोखरा महानगरपालिका कृषि तथा पशु विकास महाशाखा प्रमुख मनहर कडरियाले मौसमी लहरे बालीका २०० बिरुवा उपलब्ध गराउनुभयो । उहाँले डाँडाको माटोमा उब्जनी हुने सुन्तला, कागती, घिरौँला, करेलाको बिरुवासँगै काँक्राको बीउ प्रदान गरेको जानक
Related News
सम्बन्धित समाचार
लेउवा संघ गण्डकीकै उत्कृष्ट
ग्रीन डेभलपमेन्टको साधारणसभा, लाभांश पारित
बोर्डिङ पास देखाए बियर सित्तैमा
सिद्धार्थको आयमूलक तालिम
लेउवा संघले दियो सदस्य परिवारलाई राहत
hero news full width
मुख्य समाचार
आहा ! फुटबलमा दर्शक
कोरोनाको बढ्दो ग्राफ, कास्कीका विद्यालय कहिले बन्द ?
चैत्र ३०, २०७७गण्डकी सरकार : ढलाउन भन्दा बनाउन सकस
चैत्र २९, २०७७मनोज विकलाई पेन गनबाट गोली हान्ने राजकिशोर पक्राउ
चैत्र २९, २०७७पर्वतका आगलागी पीडितलाई मन्त्रीले बाँडे राहत
चैत्र २९, २०७७गुरुङ सरकार ढाल्न ३ दलको जोडतोड : जनमोर्चाको ग्रीन सिग्नल कुर्दै
चैत्र २९, २०७७