सप्तरी, १३ जेठ । कोरोना भाइरस नियन्त्रणका लागि लकडाउन भइरहँदा सप्तरीमा अवैध समानको चोरी तस्करी मौलाएको छ । एक सातादेखि दैनिकजसो अवैध सामान बरामद गरिरहेको सप्तरी प्रहरीले आज पनि साइकल र मोटरसाइकलमा ओसारिरहेको अवस्थामा मदिरा तथा सुर्तीजन्य पदार्थ बरामद गरेको छ ।
सप्तरी प्रहरीका अनुसार आज बिहान तिलाठी कोइलाडी गाउँपालिका–६ मधेपुराबाट दुई साइकलमा लैजाँदै गरेको ६० लिटर घरेलु मदिरा बरामद गरिएको छ । प्रहरी चौकी बर्साइन सप्तरीबाट खटिएको टोलीले बरामद गरेको मदिरा नियन्त्रणमा लिई नष्ट गरेको जनाएको छ । यसैगरी महदेवा गाउँपालिका–१ कजौली टोलबाट प्रहरी चौकी पकरीको गस्ती टोलीले तीनवटा साइकलमा ल्याउँदै गरेको रु ३२ हजार मूल्य बराबरको चार बोरा खैनी बरामद गरेको छ ।
कञ्चनरुप नगरपालिका–२ बाट इलाका प्रहरी कार्यालय कञ्चनपुरको प्रहरी गस्ती टोलीले २० पोका पायल छाप खैनीसहित स३प ६९६ नंको मोटरसाइकल नियन्त्रणमा लिएको छ । राजविराज नगरपालिका– ९ बाट आज वडा प्रहरी कार्यालय राजविराजको प्रहरी गस्ती टोलीले करिब रु २२ हजार मूल्य बराबरको ४५–४५ प्याकेट राजनिवास र तुलसी नियन्त्रणमा लिएको छ ।
विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस सङ्क्रमणको रोकथाम तथा नियन्त्रणका लागि सरकारद्वारा जारी गरिएको बन्दाबन्दी कार्यान्वयन गराउने उद्देश्यले प्रहरी गस्ती टोली व्यापकरूपमा परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए । प्रहरी गस्ती टोलीको परिचालनका कारण भारतबाट नेपाल र नेपालबाट भारततर्फ ओसारिरहेको अवस्थामा अवैध सामान नियन्त्रणमा लिइएको उनले बताए ।
ज्येष्ठ नागरिकको हत्याविरुद्ध उजुरी दर्ता
सप्तरीको महदेवा गाउँपालिका–१ बल्थीका ८० वर्षीय ज्येष्ठ नागरिकको हत्याको आरोपमा आज जिल्ला प्रहरी कार्यालयले उजुरी दर्ता गरेको छ ।
सुविलाल यादवको हत्या आरोपमा सोही ठाउँका ६० वर्षीय रविलाल यादवविरुद्ध उजुरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । मृतकका छोरा जागेश्वर यादवले दिएको उजुरी दर्ता गरी आरोपितको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक भारतीले जानकारी दिए । सोका लागि प्रहरीले सप्तरी जिल्ला अदालतबाट आज पक्राउको अनुमतिपत्रसमेत लिएको छ ।
घरपरिवारका सदस्यबीच भइरहेको सामान्य विवादमा गाईवस्तु चराइरहेका आरोपितले गत वैशाख २३ गते कुटपिट गर्दा सुविलाल टाउको र खुट्टामा चोट लागेर घाइते भएका थिए । घाइते सुबिलालको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा वैशाख २७ गतेसम्म उपचार भएको थियो । अस्पतालबाट डिस्चार्ज भई घरमै औषधि सेवन गरिरहेका उनको बिहीबार मृत्यु भएको परिवारका सदस्यले बताएका छन् । अस्पतालले परीक्षण गर्न असमर्थता जनाएपछि शवको आइतबार बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा शव परीक्षण भएको छ ।
Related News
सम्बन्धित समाचार
नक्कली सुन देखाएर लुटपाट गर्ने पक्राउ
मनोज विकलाई पेन गनबाट गोली हान्ने राजकिशोर पक्राउ
फरार प्रतिवादी २७ वर्षपछि पक्राउ
बलात्कारीलाई ७ वर्ष कैद फैसला
प्रहरी र तस्करबीच गोली हानाहान
hero news full width
मुख्य समाचार
सुदूरको सिंहदरबार : सरकार त पुग्याे, विकास भने आकाशकै फलजस्तो
प्रकाशकीय : अबिराम अविचलित यात्रा
वैशाख १, २०७८एक महिना अनलाइन कक्षा सञ्चालन गर्ने सरकारको तयारी
चैत्र ३१, २०७७भ्याक्सिनले मात्रै कोरोनालाई हराउन सकिन्छ भन्ने नसोचौं : डब्लुएचओ प्रमुख
चैत्र ३१, २०७७बगाले बगेडी चरा संरक्षणप्रति सरोकारवालाको चासो
चैत्र ३१, २०७७सरकार ढाल्न कांग्रेसले बटुल्यो हस्ताक्षर, जनमाेर्चाले निर्णय दिन सकेन
चैत्र ३१, २०७७