बन्दाबन्दीका समयको घरभाडा छुट गराउन माग

रासस
जेठ १३, २०७७

फिदिम, १३ जेठ । पाँचथरमा व्यवसायीले बन्दाबन्दीका समयको घरभाडा छुट गराउन माग गरेका छन् । यहाँका १४० व्यवसायीले सरोकारवाला निकायमा ज्ञापनपत्र बुझाउँदै बन्दाबन्दीका कारण आर्थिक सङ्कटमा परेको भन्दै व्यवसायको घरभाडा छुटको प्रबन्ध मिलाउन माग गरेका हुन् ।

उनीह?ले पाँचथर उद्योग वाणिज्य सङ्घ, फिदिम नगरपालिका र जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउँदै बन्दाबन्दीले व्यवसायी व्यवसाय बन्द गर्ने अवस्थामा पुगेकाले उक्त अवधिको भाडा छुट गराउन माग गरेका हुन् । बन्दाबन्दीको दुई महिना पूरा हुँदा घरधनीले भाडा माग्ने र नदिए व्यवसाय बन्द गर्न दबाब दिएको उनीह?को गुनासो छ ।

विशेषत साना तथा मझौला व्यवसायी बन्दाबन्दीको चपेटामा परेकाले बन्दाबन्दीका समयको भाडा छुट गराउन माग गरिएको व्यवसायी सुनिता के?ङले बताए । “व्यवसायी लकडाउन भन्न पाएका छैनन् । घरभाडा नबुझाइ नहुने, बैङ्कको किस्ता पनि तिर्नै पर्ने अवस्था आएको छ”, के?ङले भने “धेरै व्यवसायी पलायन हुने स्थितिमा पुगेकाले भाडा मात्रै भए पनि छुट गराउन माग गरेका हौँ । कतिपय व्यवसायीलाई जीवन निर्वाहमा समस्या सिर्जना हुन थालेको तथा बैंक तथा वित्तीय संस्थाको ऋण र किस्ता बुझाउन असमर्थ हुँदा व्यवसाय छोड्नुपर्ने स्थिति आएको व्यवसायी लक्ष्मण लावतीको भनाइ छ ।

व्यवसायीह?को ज्ञापनपत्र बुझ्दै फिदिम नगरपालिकाका प्रमुख ओनाहाङ नेम्वाङले व्यवसायीलाई परेको समस्याबारे आफूह? जानकार रहे पनि सङ्घीय सरकारबाट स्पष्ट नीति नबन्दासम्म स्थानीयस्तरमा ठोस काम गर्न कठिन परेको बताए । उनले नगरपालिकाभित्र बन्दाबन्दीका समयको भाडा छुट गराउन आफूले पहल गर्ने बताए । पाँचथर उद्योग वाणिज्य सङ्घका महासचिव नवराज घिमिरे बन्दाबन्दीको प्रभावले कतिपय व्यवसायीले नै व्यवसाय बन्द गरेको बताउछन् । “घर भाडा, बैंकको ऋण र दैनिकी सञ्चालनमा समस्या पर्दा कतिपयले व्यवसाय नै बन्द गरेका छन् । घिमिरेले भने ।

पाँचथर उद्योग वाणिज्य सङ्घका अध्यक्ष दीपक नेपाल व्यवसायीलाई कर, ब्याजदर र भाडा छुट अत्यावश्यक रहेको बताउछन् । यहाँका व्यवसायीका गुनासा उद्योग वाणिज्य सङ्घका प्रदेश तथा केन्द्रीय समितिमा समेत राखिएको बताउँदै अध्यक्ष नेपालले सङ्घीय सरकारले स्पष्ट नीति बनाइ व्यवसायीलाई सहयोग गर्नुपर्ने बताए । बन्दाबन्दीका समयको घरभाडा छुट गराउँदा घरधनीलाई घरबहाल करको दायरामा ल्याउने अवसरसमेत रहेको नेपालको भनाइ छ । “अहिलेसम्म व्यवसायीले नै घरधनीको घरबहाल करसमेत तिर्नुपर्ने अवस्था थियो । अब घरधनीलाई घरबहाल करको दायरामा ल्याउन भाडा छुटका लागि कुनै मापदण्ड बनाउनैपर्छ”, उउनले भने ।

यहाँ धेरै साना तथा मझौला व्यवसायी लकडाउन खुल्नेबित्तिकै व्यवसाय सञ्चालन गर्न नसक्ने अवस्थामा छन् । धेरैले आफूकहाँ रहेको सामग्री बिक्री गरिसकेका छन् र व्यवसायको चालू पूँजीसमेत दैनिकी चलाउन खर्च गरिसकेका छन् । “भाडा छुट दिएर मात्रै पनि पुग्दैन । लकडाउन खुल्नेबित्तिकै व्यवसाय सञ्चालनमा आउँदैनन्”, अध्यक्ष नेपालले भने “सामान बिक्री भइसक्यो, सङ्कलित रकमसमेत दैनिकीमा खर्च भयो । अब सरकारले चालू पूँजी सस्तो ब्याजदरमा उपलब्ध गराउनुपर्छ ।” पाँचथरमा पाँचथर उद्योग वाणिज्य सङ्घ तथा सरकारी निकायमा दर्ता भएका झण्डै तीन हजार व्यवसायी छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width