जाजरकोट, १३ जेठ। तीन वर्षदेखिको प्रेमलाई विवाहमा परिणत गर्ने लक्ष्यका साथ जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षीय नवराज विक र पश्चिमरुकुमको चौरजहारी नगरपालिका–८ सोतीकी १७ वर्षीया मल्ल थरकी युवतीकहाँ पुगे । नवराज र उहाँका १९ जना साथी बाटोमा हौसिँदै गएको बताउँछन् । तर जब युवा सोती पुगे, माहोल एकाएक बिग्रियो।
कथित दलित समुदायका नवराज र ठकुरी समुदायकी ती युवतीको ‘जात’ नमिले पनि उनीहरु विवाह बन्धनमा बाँधिन चाहन्थे । तर, नवराजका आमाबाबालाई भने अन्तरजातीय विवाह मन परेको थिएन । छोराले ढिपी गरेपछि हुन्छ भन्ने मुडमा आफूहरु पुगेको अभिभावक बताउँछन् । त्यसैले नवराज शनिबार राति आफ्ना साथीहरुलाई लिएर दुलही ल्याउन सोती गएका थिए।
जब उनीहरु घर नजिकै पुग्दा युवतीभन्दा, युवतीकी आमाको नजर युवामा पर्यो। त्यसपछि उहाँले “जति पिटाइ खाए पनि केही लागेन है, फेरि आइस् आज त मारेर फालिन्छ” भन्दै गाउँका मानिसलाई बोलाएपछि युवामाथि कुटपिट शुरु भएको घाइते युवा आशिष विकले बताए । कुटपिट शुरु हुँदै गर्दा आफूहरु भागेर करिब चार किलोमिटर दूरी पार गरेको आशिषको भनाइ छ ।
नवराजको शनिबार नै मृत्यु भयो भने ज्यान बचाउन नदीमा हामफालेकामध्ये चौरजहारी नगरपालिका–१ टीकाराम सुनार र भेरी नगरपालिका–४ का गणेश बुढाको पानीमै डुबेर मृत्यु भयो । कुटाइबाट घाइते भएका युवाले पानीमा पौडिन नसक्दा मृत्यु भएको घाइतेले बताएका छन् । अन्य भेरी नगरपालिकाका सन्दीप विक, लोकेन्द्र सुनार र गोविन्द शाही अहिले पनि बेपत्ता छन्।
फाेटाेः नवराज विकमृतक युवाका बुवाले भन्नुभयो, “हाम्रो जात नमिलेकै हो, यो विवाह ठिक छैन भनेर मैले पटक–पटक भनेको थिएँ । दुईपटक प्रहरीकहाँ उहाँहरुले आफैं उजुरी गर्दा छलफलमा जाँदा उहाँहरु आफैं छलफलमा नआउँदा हामी फर्किएका थियौँ ।” नवराजका बाबाका अनुसार ती युवती पुसमा दुईपटक नवराजको घरमा आएकी थिइन् । नवराजका बुवाले यो अन्तरजातीय कुरा भएकाले सम्भव छैन भनी पठाइदिएका थिए।
घाइते युवा सरोज भँडेल भन्छन्, “हामी आधा घण्टासम्म सडकमा दैडिरहेका थियौँ । सडक तेर्साे भएकाले मारिने डर भएपछि नदीमा हामफालेका थियौँ । आफूहरुले नदीमा हामफाले पनि ढुङ्गामुढा गर्न छाडिएन । प्रहरी आएपछि हामीलाई पक्राउ गरेपछि बल्ल हामी सुरक्षित भएको महसुस भयो।”
घटनामा दोषी रहेको आरोपमा रुकुम प्रहरीले चौरजहारी नगरपालिका–८ का वडाध्यक्ष डम्बरबहादुर मल्ल, केटीका बुवा वीरबहादुर मल्ललगायत १२ जनालाई पक्राउ गरिएको जाजरकोटका प्रहरी नायब उपरीक्षक (डिएएपी) किशोर श्रेष्ठले बताए। मृतक युवाको शव जाजरकोट अस्पतालमा राखिएको छ । घटनालाई ढाकछोप गर्न खोजिएको भन्दै आफन्तले शवको परीक्षण गर्न दिएका छैनन्।
रुकुमपश्चिमका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ठकबहादुर केसीले दुवै जिल्लाका प्रहरीबीच समन्वय भएर छलफल चलिरहेको र अनुसनधान पनि जारी रहेको बताउनुभयो । त्यस्तै घटनाको न्यायिक छानविन होस् र पीडितले न्याय पाऊन् भन्दै प्रतिनिधिसभा सदस्य सत्य पहाडीले माग गर्नुभएको छ । त्यस्तै वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले सामाजिक सञ्जाल फेसबुकमार्फत भन्नुभएको छ, “नेपाल प्रहरीलगायत सम्बन्धित निकायको तर्फबाट तदारुकताका साथ उक्त घटनाको अध्ययन र अनुसन्धान कार्य भइरहेको छ, विश्वास गरौँ, घटनाको उचित छानविनसहित दोषीहरुलाई कारवाही हुनेछ । अनुसन्धान प्रक्रियालाई प्रभावकारी बनाउन सबैले सहयोग गरौँ।”
प्रनाउ केसीका अनुसार प्रहरीले वडाध्यक्ष मल्लका साथै केटी, केटीका बुवा वीरबहादुर मल्ल, आमा प्रकाशी मल्ल, डिल्ली मल्ल, सन्तोष मल्ल, तुलबहादुर मल्ल, मानबहादुर मल्ल, रमेश मल्ललगायत १२ जनालाई नियन्त्रणमा लिएको छ । घटनामा संलग्न अन्यको खोजी भइरहेको छ।
मृतक तीनै जनाको शव भेरी नदी किनारमा भेटिएको थियो । अन्यको खोजीकार्य जारी रहेको छ । घटनामा परेर भेरी नगरपालिकाका सुदीप खड्का, मदन शाही, सरोज भँडेल, आशिष विकलगायत १२ घाइते भएका छन् । खड्का र शाहीको चौरजहारी अस्पतालमा उपचार भइरहेको छ भने अन्य सामान्य उपचारपछि घर फर्केका छन्।
रुकुम घटना, निष्पक्ष छानबिन होस्
प्रतिनिधिसभाकी सांसद पार्वती विशुन्खेले रुकुम घटनाको निष्पक्ष छानबिन गरी दोषीउपर कडा कारवाही गर्न सरकारसँग माग गरेकी छन्। दैलेखबाट संसद्मा प्रतिनिधित्व गर्नुभएकी सांसद विशुन्खेले प्रेस विज्ञप्ति जारी गरी रुकुमपश्चिम चौरजहारी–८ मा कुटपिटबाट जाजरकोटका नवराज विश्वकर्मा र रुकुम चौरजहारी–१ कै टीकाराम विश्वकर्माको मृत्यु भएको घटनामा संलग्न दोषीलाई कडाभन्दा कडा कारवाही गरी पीडित परिवारप्रति कानूनी राज्यको अनुभूति दिलाउन आग्रह गरेकी हुन्।
विज्ञप्तिमा भनिएको छः
“यसरी नै जातीय भेदभाव तथा छुवाछूतका घटना बढ्दै जाने हो भने संवैधानिक व्यवस्था भएको र संयुक्त राष्ट्रसङ्घको पक्ष राष्ट्र भएको यो राष्ट्रले महङ्गो मूल्य चुकाउनुपर्ने अवस्थालाई दृष्टिगत गर्दै जातीय छुवाछूतको सवाललाई शून्य सहनशीलता प्रभावकारीरूपमा कार्यान्वयन गरियोस् भनी सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछु ।”
शनिबार रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ सोती निवासी सुष्मा मल्लसँगको नवराज विश्वकर्माको अन्तरजातीय प्रेम सम्बन्ध भएको र विवाहका लागि साथीहरु लिएर केटीको घरमा जाँदै गर्दा स्थानीय गाउँलेको कुटाइबाट नवराज र टीकारामको मृत्यु भएको विज्ञप्तिमा उल्लेख छ।
त्यसैगरी नेपाल दलित मुक्ति सङ्गठनले पनि विज्ञप्ति जारी गरी दोषीलाई हदैसम्मको कानूनी कारवाही गर्न, मृतक नवराज विक र टीकाराम विकलाई सांस्कृतिक शहीद घोषणा गर्न र पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन सरकारसमक्ष जोरदार माग गरेको छ।
Related News
सम्बन्धित समाचार
सार्वजनिक लेखा समितिमा बहस: बजेटमा फिक्सिङ भयो
सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’
राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु
जनप्रियको वार्षिकोत्सवमा सम्मान
खेलकुद पत्रकार मञ्च गण्डकीमा एमबि आस्था निर्वाचित
hero news full width
मुख्य समाचार
पुम्दीकोटमा धार्मिक महोत्सवको तयारी
बयानपछि लामिछानेलाई परिवारको जिम्मा
माघ १०, २०८१गण्डकी प्रदेशका पत्रकारलाई धितोपत्र बजार र वस्तु विनिमय बजारसम्बन्धी तालिम
माघ ९, २०८१सुरक्षा माग्दै वडाका जनप्रतिनिधि प्रहरीमा
माघ ९, २०८१पाेखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव
माघ ८, २०८१सूर्यदर्शन सहकारी ठगी : धरौटीमा छुटेकालाई थुनामा पठाउन उच्चमा निवेदन
माघ ८, २०८१