भोक मेटाउँदै नेपाली चिल्ड्रेन

श्रीभद्र पौडेल
जेठ १३, २०७७
hemja progrem photo

हेमजा । नेदरल्याण्डस्थित नेपाली चिल्ड्रेन नामक गैरसरकारी संस्था नेपालीको भोक मेटाउन लागिपरेको छ । उसले सोमवारदेखि हेमजा सुइँखेत क्षेत्रमा राहत वितरण थालेको छ।

संस्थाले कोरोना भाइसरको संक्रमण कारण लकडाउनले दैनिक जीविकोपार्जनमा समस्या आएका परिवारलाई लक्षित गरी राहत बाँड्न सुरु गरेको जनाएको छ । जसअनुसार सोमवार कुल १ सय ५८ घर परिवारलाई राहत बाँडिएको संस्था सदस्य बोधराज अधिकारीले बताए।

संस्थाले परिवारमा एक सदस्य बराबर १ दिनका लागि १ माना चामल र एकचौथाई रातोदाल दरले बाँडेको छ । जीविकोपार्जनमा समस्या भएकाहरु दोहोरिए पनि दैनिक राहत लिन जान सक्ने छन् । राहत लिन बिहान ७ देखि ९ ः३० बजेसम्म सुइँखेतस्थित अम्विका मावि नजिकै पुग्नुपर्ने हुन्छ।

यसपटक कुल २ सय बोरा चामल (२५ केजीका) तथा २० बोरा दाल वितरण गर्ने योजना रहेको संस्थाका सहजकर्ता तीर्थ लुइँटेलले बताए।

संस्थाले यसअघि सुइँखेत क्षेत्रमै २ सय जना बटुवालाई दालमोठ, चिउरा, बिस्कुट, पानी लगायत खाद्यान्न सहयोग गरेको थियो ।

संस्थाले वडाको रोहवरमा कुल ४ सय घरपरिवारलाई यसअघि नै राहत पनि बाँडिसकेको छ । साढे १२ केजी चामल, १ केजी दाल, नून १ केजी, तेल आधा लिटरका दरले दिइएको थियो।

त्यस्तै तल्लो हेमजास्थित मानव सेवा आश्रमलाई ५ बोरा चामल सहयोग गरेको संस्था अध्यक्ष जोलु आरतीले जनाइन् ।

Related News

सम्बन्धित समाचार

hero news full width