नवलपरासीमा १० लाख बराबरको अवैध सुपारी बरामद

आदर्श समाज सम्वाददाता
जेठ १२, २०७७
dry-areca-nuts-500×500

नवलपरासी, १२ जेठ । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका १ दुम्किबासमा प्रहरीले झण्डै १० लाख बराबरका अवैध सुपारी बरामद गरेको छ ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ४ ख १९७६ नम्बरको ट्रकबाट ६ हजार ३ सय किलोग्राम सुपारी बरामद गरेको हो ।जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणका अनुसार उक्त सुपारीको बजार मूल्य ९ लाख ९३ हजार बराबरको रहेको र बरामद सुपारी आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय पश्चिम नवलपरासी चलान गरिएको छ ।औषधीको कार्टुनसँगै ८५ बोरा सुपारी प्रहरीले बरामद गरेको हो ।

Related News

सम्बन्धित समाचार

hero news full width