सुर्खेत, १२ जेठ । ‘कोभिड–१९’ नियन्त्रण र खाद्य सङ्कट समाधानमा केन्द्रित भएर आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्नेमा जोड दिइएको छ ।
नेकपा कर्णाली प्रदेश संसदीय दलका नेता एवं मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा आज बसेको संसदीय दलको बैठकमा अधिकांश प्रदेशसभा सदस्यले कोरोना रोग र सम्भावित भोक समाधान गर्ने गरी प्रदेश सरकारले आगामी आव (२०७७/०७८) को बजेट तथा कार्यक्रम ल्याउनुपर्नेमा जोड दिएको हो ।
बैठकमा कर्णाली प्रदेश विपद् व्यवस्थापन कोषमा सबै प्रदेशसभा सदस्यको पारिश्रमिकबाट आधा महिनाको तलब जम्मा गर्ने निर्णय भएको नेकपाका सचेतक सीताकुमारी नेपालीले जानकारी दिए । उनका अनुसार बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले आज ३ बजेदेखि शुरु हुने प्रदेशसभाको बैठकमा आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त, उद्देश्य र प्राथमिकताका मूलभूत पक्ष प्रस्तुत हुनेबारेमा जानकारी दिएका थिए ।
त्यस्तै बैठकले कर्णाली प्रदेशसभा सदस्य करवीर शाहीको ममतामयी आमाको निधनप्रति दुःख प्रकट गर्दै मृतकप्रति श्रद्धाञ्जलि एवं शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्ने निर्णय गरेको छ । बैठकले कोभिड–१९ सङ्क्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि सरकारले प्रभावकारी कदम चालिरहेकामा कर्णाली प्रदेश सरकार, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र पत्रकारलगायत सबै सरोकारवालालाई धन्यवाद दिने निर्णय गरिएको पनि सचेतक नेपालीले बताए ।
Related News
सम्बन्धित समाचार
सुदूरको सिंहदरबार : सरकार त पुग्याे, विकास भने आकाशकै फलजस्तो
प्रकाशकीय : अबिराम अविचलित यात्रा
एक महिना अनलाइन कक्षा सञ्चालन गर्ने सरकारको तयारी
भ्याक्सिनले मात्रै कोरोनालाई हराउन सकिन्छ भन्ने नसोचौं : डब्लुएचओ प्रमुख
बगाले बगेडी चरा संरक्षणप्रति सरोकारवालाको चासो
hero news full width
मुख्य समाचार
सरकार ढाल्न कांग्रेसले बटुल्यो हस्ताक्षर, जनमाेर्चाले निर्णय दिन सकेन
प्रदेशस्तरीय सुरक्षा गोष्ठी : गण्डकीमा कस्तो छ सुरक्षा अवस्था ?
चैत्र ३१, २०७७कोरोनाबाट गण्डकी प्रदेशमा थप २ जनाको मृत्यु
चैत्र ३०, २०७७‘प्रधानमन्त्री ओलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ’
चैत्र ३०, २०७७आहा ! फुटबलमा दर्शक
चैत्र ३०, २०७७कोरोनाको बढ्दो ग्राफ, कास्कीका विद्यालय कहिले बन्द ?
चैत्र ३०, २०७७