मेस्सीको इन्टर मिलान सरुवा चर्चा

आदर्श समाज सम्वाददाता
जेठ १२, २०७७
Messi

स्पेनिस लिग लिडर बार्सिलोनाले इटालियन सिरी ए क्लब इन्टर मिलानका लौटेरो मार्टिजेन भित्र्याउने चर्चा चलिरहेको बेला इन्टरले भने मेस्सीलाई भित्र्याउन चाहेको बताएको छ ।

क्लबका पूर्व टेक्निकल डाइरेक्टर मार्काे ब्रान्काले इन्टरले मेस्सीलाई २००८ देखि नै क्लब इटाली लाने प्रयास गरेको बताएका छन् ।

सर्वाधिक ६ वालोन डि’ओर विजेता ३२ वर्षिय अर्जेन्टाइन स्टारलाई २१ वर्षकै छँदा इन्टरले सम्भावित क्लब भित्र्याउने प्रयास गरेको मार्काेले खुलासा गरेका छन् ।

आफ्नो पुस्ताका सर्वाधिक सफल खेलाडीलाई इन्टरले तलब बढाएरै आकर्षक अफर गरेको तर पैसा भन्दा पनि क्याम्प नाउ मै खुसी रहेको भन्दै मेस्सीले इन्कार गरेका थिए ।

अहिले बार्सिलोनाले इन्टारकै मार्टिनेज भित्र्याउने जोड गरिरहेको छ । २२ वर्षिय अर्जेटाइन टिममेट मार्टिनेजलाई क्याम्प नाउमा उतार्न मेस्सीले पनि जोड गरिरहेको चर्चा चलिरहेको छ ।

Related News

सम्बन्धित समाचार

  • तनहुँको फ्रेन्डसीप क्लबलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    लमजुङ । ‘सुखी गाउँ’ घलेगाउँमा नयाँ वर्ष अवसरमा सञ्चालित सातौं स्मार्ट भिलेज गोल्ड फुटबल कप उपाधि तनहुँको फ्रेन्डसीप क्लबले जितेको…
  • लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथनको उपाधि जितेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास…
  • वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    लमजुङ । क्ब्होलासोथार गाउँपालिकाद्वारा सञ्चालित प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधि पुरूषतर्फ वडा ४ ले हात पारेको छ । गाउँपालिकाको…
  • ढोलाहिटीलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । ढोलाहिटी फ्रिडमले दोस्रो एबिसी फोर्टी फाइभ प्लस एट ए साइड भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ ।…
  • बुद्ध विशालको फुटसल प्रतियोगिता

    आदर्श समाज सम्वाददाता चैत्र २७, २०८०
    पोखरा । बुद्ध विशाल बजार व्यापारिक एसोसिएसन पोखराले आफ्ना व्यवसायीबीच सातौं आन्तरिक फुटसल प्रतियोगितामा राजेश खाँडको समूह विजयी भयो ।…

hero news full width