ईदुल फित्र पर्वको अवसरमा शुभकामना

आदर्श समाज सम्वाददाता
जेठ १२, २०७७
prithbi-subba-gurung_M8bRugRyzs

गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वी सुब्बा गुरूङले  एक शुभकामना सन्देश जारी गर्दै मुस्लिम समुदायको महत्वपूर्ण पर्व ईदुल फित्रको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका मुस्लिम समुदाय लगायत सम्पूर्ण दिदीवहिनी तथा दाजुभाईहरुमा शुभकामना व्यक्त गरेका छन्।

एक महिनासम्म व्रत/उपवास वसेर रमदान पर्व मनाइन्छ। विहान सूर्यको किरण पृथ्वीमा छरिनुभन्दा पहिला नै र वेलुका सूर्यको किरण अस्ताइसकेपछि मात्र जल, फल र अन्न खाएर व्रत/उपवास वसिन्छ । अरुको भोक, तिर्खा र पीडा बुझ्नका लागि पहिला आफै नै त्यो अवस्थावाट गुज्रिनुपर्छ भनेर धैर्यतापूर्वक एक महिना लामो व्रत/उपवास गर्ने गरिएको भन्ने मान्यता पाइन्छ । एक महिनासम्मको लामो व्रत/उपवास अर्थात रमदान पर्व सम्पन्न भएको खुशीयालीमा ईदुल फित्र पर्व मनाउने गरिन्छ।

शुभकामना सन्देशमा भनिएकाे छ,  “वहुजातीय, वहुभाषिक, वहुधार्मिक, वहुसाँस्कृतिक एवं भौगोलिक विविधताले भरिपूर्ण हाम्रो देश संविधानतः धर्मनिरपेक्ष राष्ट्र घोषण भएको सन्दर्भमा यस्ता विविधतायुक्त धार्मिक एवं साँस्कृतिक चाडपर्वले सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता कायम राख्दै राष्ट्रिय एकतालाई अझै मजवुत वनाउन महत्वपूर्ण योगदान दिँदै आएका छन्। ईदुल फित्र पर्वले पनि विविध धर्म सँस्कृति मान्ने सम्पूर्ण नेपाली वीच वन्धुत्व, प्रेम र एकताको भावना वढाई शान्त, समुन्नत तथा समृद्ध नेपाल वनाउन सवैमा प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु।”

मानव जातिकै अस्तित्वका लागि चुनौती वनेर आएको कोरोना भाइरस रोग (कोभिड–१९) विरुद्धको जारी लडाईमा पूर्ण सफलता प्राप्त गर्न र यस विश्व संकटको वेलामा अझ दृढतापूर्वक जुट्न आजको दिनले थप प्रेरणा प्रदान गर्ने मुख्यमन्त्री गुरूङले विश्वास व्यक्त गरेका छन्।

Related News

सम्बन्धित समाचार

  • सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’

    रासस माघ ११, २०८१
    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको ‘भर्चुअल’ माध्यम उपस्थितिमा सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङको ‘ब्रेक थ्रू’ भएको छ । ‘ब्रेक थ्रू’…
  • राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु

    आदर्श समाज सम्वाददाता माघ १०, २०८१
    पोखरा । पोखरा उद्योग वाणिज्य संघको आयोजनामा नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा बिहीबारदेखि ३३ औं राष्ट्रिय औद्योगिक व्यापार मेला एवं आइटी महोत्सव…
  • जनप्रियको वार्षिकोत्सवमा सम्मान

    आदर्श समाज सम्वाददाता माघ १०, २०८१
    पोखरा । जनप्रिय माध्यमिक विद्यालय पोखरा–८, सिमलचौरको ५६ औं वार्षिकोत्सव, अभिभावक दिवस एवं पुरस्कार वितरण समारोह बिहीबार सम्पन्न भयो । कार्यक्रम…
  • खेलकुद पत्रकार मञ्च गण्डकीमा एमबि आस्था निर्वाचित

    आदर्श समाज सम्वाददाता माघ १०, २०८१
    पोखरा, १० माघ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको छैटौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनबाट अध्यक्षमा एम बि आस्था निर्वाचित भएका…
  • पुम्दीकोटमा धार्मिक महोत्सवको तयारी

    आदर्श समाज सम्वाददाता माघ १०, २०८१
    पोखरा । पुम्दीकोट कोट विकास समितिको आयोजनामा आगामी ९ देखि १५ फागुनसम्म पोखरा–२२, पुम्दीकोटमा शिव महापुराण ज्ञानमहायज्ञ एवं पुम्दीकोट धार्मिक…

hero news full width