गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वी सुब्बा गुरूङले एक शुभकामना सन्देश जारी गर्दै मुस्लिम समुदायको महत्वपूर्ण पर्व ईदुल फित्रको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका मुस्लिम समुदाय लगायत सम्पूर्ण दिदीवहिनी तथा दाजुभाईहरुमा शुभकामना व्यक्त गरेका छन्।
एक महिनासम्म व्रत/उपवास वसेर रमदान पर्व मनाइन्छ। विहान सूर्यको किरण पृथ्वीमा छरिनुभन्दा पहिला नै र वेलुका सूर्यको किरण अस्ताइसकेपछि मात्र जल, फल र अन्न खाएर व्रत/उपवास वसिन्छ । अरुको भोक, तिर्खा र पीडा बुझ्नका लागि पहिला आफै नै त्यो अवस्थावाट गुज्रिनुपर्छ भनेर धैर्यतापूर्वक एक महिना लामो व्रत/उपवास गर्ने गरिएको भन्ने मान्यता पाइन्छ । एक महिनासम्मको लामो व्रत/उपवास अर्थात रमदान पर्व सम्पन्न भएको खुशीयालीमा ईदुल फित्र पर्व मनाउने गरिन्छ।
शुभकामना सन्देशमा भनिएकाे छ, “वहुजातीय, वहुभाषिक, वहुधार्मिक, वहुसाँस्कृतिक एवं भौगोलिक विविधताले भरिपूर्ण हाम्रो देश संविधानतः धर्मनिरपेक्ष राष्ट्र घोषण भएको सन्दर्भमा यस्ता विविधतायुक्त धार्मिक एवं साँस्कृतिक चाडपर्वले सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता कायम राख्दै राष्ट्रिय एकतालाई अझै मजवुत वनाउन महत्वपूर्ण योगदान दिँदै आएका छन्। ईदुल फित्र पर्वले पनि विविध धर्म सँस्कृति मान्ने सम्पूर्ण नेपाली वीच वन्धुत्व, प्रेम र एकताको भावना वढाई शान्त, समुन्नत तथा समृद्ध नेपाल वनाउन सवैमा प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु।”
मानव जातिकै अस्तित्वका लागि चुनौती वनेर आएको कोरोना भाइरस रोग (कोभिड–१९) विरुद्धको जारी लडाईमा पूर्ण सफलता प्राप्त गर्न र यस विश्व संकटको वेलामा अझ दृढतापूर्वक जुट्न आजको दिनले थप प्रेरणा प्रदान गर्ने मुख्यमन्त्री गुरूङले विश्वास व्यक्त गरेका छन्।
Related News
सम्बन्धित समाचार
कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
स्वदेश फर्किए कतारी अमिर
कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
रोजगार खोज्दै मेलामा
hero news full width
मुख्य समाचार
कतारी अमिरलाई ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ !
फेवातालमा दुर्घटनामा परेका ५ जनाको उद्धार
वैशाख ११, २०८१लोकतन्त्रका १८ वर्ष : लोकतन्त्रले छोएन लोकलाई
वैशाख ११, २०८१कामचलाउ सरकारको आयु लम्बियो
वैशाख ११, २०८१गण्डकी सरकारविरुद्दको मुद्दा हेर्दाहेर्दैमा, आज टुंगो लागेन
वैशाख १०, २०८१कतारी राजा नेपाल आउने दिन भोलि सार्वजनिक बिदा
वैशाख १०, २०८१