लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटी नयाँ नक्सा जारी गर्नु नेपाली जनताको उपलब्धिः क्रान्तिकारी माओवादी

आदर्श समाज सम्वाददाता
जेठ ११, २०७७

पोखरा, ११ जेठ । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले हालै लिम्पियाधुरा लिपुलेक र कालापानी क्षेत्रको नेपाली भूभागलाई समेटी नेपालको नयाँ नक्सा प्रकाशित गरी सार्वजनिक गर्ने काम यो नेपाल र नेपाली जनताको उपलब्धि भएको उल्लेख गर्दै कालापानी–लिपुलेक–लिम्पियाधुरा लगायतका सीमा बचाऔं अभियान क्रान्तिकारी माओवादीले निरन्तर सञ्चालन गर्दै आईरहेको समेत प्रदेश ४ का प्रदेश सेक्रेटरी केशबहादुर परियारले जनाएका छन् ।

विज्ञप्तिमा भनिएको छ – विगत लामो समयदेखि नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), संयुक्त मोर्चा देजमो नेपाल लगायत सम्पूर्ण स्वाभिमानी देशभक्त नेपाली जनताको संयुक्त संघर्षको उपलव्धीको रुपमा यसलाई लिनु पर्दछ । तर कालापानीमा दशकौदेखि नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतामा हस्तक्षेप गरेर भारतले सैनिक अखडा जमाई रहेको छ । अहिले त्यहाँबाट तिब्बतको मानसरोबरसम्म पुग्ने बाटो नेपाली भूमिमा जबर्जस्ती बनाईरहेको छ ।

यो संन्दर्भमा भारतसँग निर्णायक रुपमा समस्या समाधान गर्न र नेपालको सम्पूर्ण अतिक्रमित भूमि फिर्ता र त्यहाँबाट भारतीय सेनालाई हटाउन सम्पूर्ण नेपाली जनता एकजुट भएर लाग्नु पर्ने स्थिति खडा भएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width