पोखरा विश्वविद्यालयको उपकुलपति छिटो नियुक्त गर्न माग

आदर्श समाज सम्वाददाता
जेठ ११, २०७७
Pokhara-University

पोखरा, ११ जेठ । पोखरा विश्वविद्यालय ८ महिनादेखि उपकुलपति विहीन भएको प्रति ध्यानाकर्षण गर्दै तुरुन्त नियुक्त गर्न कर्मचारी संघ पोखरा विश्वविद्यालयले माग गरेको छ ।

संघले एक विज्ञप्ति प्रकाशित गर्दै त्यस्तो माग राखेको हो । विश्वविद्यालय नेतृत्वविहीन अवस्थामा रहँदा विश्वविद्यालयको समग्र विकास र बिस्तारमा बाधा पर्न गएको र हालसम्म पनि उपकुलपति नियुक्ती नगरिएको तर्फ संघको गम्भीर ध्यानाकर्षण भएको छ । २०७६ आश्विनबाट पोखरा विश्वविद्यालयको उपकुलपति पद औपचारिक रुपमा रिक्त छ ।

काम चलाउ उपकुलपतिको समेत २०७७ बैशाख २२ गतेबाट म्याद समाप्त भइसकेको छ तर पनि आजसम्म चार वर्षे उपकुलपतिको नियुक्ति हुन सकेको छैन । उपकुपति नहुँदा कार्यकारी परिषद र प्राज्ञिक परिषदका बैठकहरु बस्न समेत सकेका छैनन् ।

यस बिचमा तीन वटा संकायका डीनहरु, ३ कार्यकारी निर्देशकहरु, परीक्षा नियन्त्रकको समेत पदावधिसकिएको कारणले गर्दा रिक्त पदहरुको नियुक्ती गर्नका लागि पनि उपकुलपतिको नै आवश्यकता पर्ने भएकोले उपकुलपतिको अभावमा विश्वविद्यालय सम्पूर्ण क्रियाकलापहरु ठप्प भएको संघका अध्यक्ष शिवराज पण्डितद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
लकडाउनका कारण विद्यार्थीहरुलाई अनलाईन मार्फत अध्यापन गराउनका लागि आवश्यक निर्णयगर्नु पर्ने अवस्थामा मुल नेतृत्व नै नहुंदा विश्वविद्यालय दिशा बिहीन हुन पुगेको छ भने हजरौं बिद्यार्थीको अध्ययन गर्न पाउने हक खोशिएको छ । यस पोखरा विश्वविद्यालयलमा ४ वटा आंगिक ५८ वटा नीजि र ४ वटा संयुक्त आंगिक कलेजहरु रहेका छन् । झण्डै ४० हजार विद्यार्थीहरु अध्ययनरत छन् ।

यस संकटपूर्ण अवस्थालाई पार लगाउनका लागि पोखरा विश्वविद्यालय कर्मचारी संघ सहकुलपति तथा माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीज्यूलाई सकेसम्म छिटो उपकुलपति नियुक्तिका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन कुलपति समेत रहेका प्रधानमन्त्री केपी ओलीसँग माग संघले राखेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width