घाँसकाट्ने क्रममा लडेर मृत्यु

आदर्श समाज सम्वाददाता
जेठ ११, २०७७
death1

तनहुँ, ११ जेठ । घाँसकाट्ने क्रममा लडेर एक महिलाको मृत्यु भएको छ।

जिल्लाको म्याग्दे गाउँपालिका– १ माथिल्लो गुणादीमा रुखमा चढी घाँस काट्ने क्रममा भोजपुर घर भई स्थानीय कृष्ण रानाभाटको घरमा डेरा गरी बस्ने बर्ष–५४ वर्षीया सीता राईको रुखबाट खसेर मृत्यु भएको हो ।

रुखमा चढी घास काटने क्रममा रुखको हांगाले हाईटेनसन तारमा अचानक छुन जादा करेण्ट लागेर गम्भीर घाइते भएकी सीताको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी प्रमुख विनोद सिलवालले वताए ।राईको उपचारका लागि रत्नहरि अस्पताल दमौली पठाएकोमा राईको उपचारका क्रममा मृत्युु भएको बताइएको छ

Related News

सम्बन्धित समाचार

hero news full width