पराजुली परिवारमा शोक

आदर्श समाज सम्वाददाता
जेठ ११, २०७७
99230439_1353684621687744_2483946339382067200_n

पोखरा, ११ जेठ । पोखरा–५ पस्र्याङ निवासी समाजसेवी यमकला पराजुलीको ८१ वर्षको उमेरमा  निधन भएको छ ।

पराजुलीको आइतबार बिहान आफ्नै निवास पोखरा–५ पस्र्याङमा निधन भएको हो । स्वर्गीय पराजुलीका दुई छोरा फणिन्द्रराज पराजुली, हरि पराजुली र एक छोरी अम्विका पराजुली छन् । स्व. पराजुलीका जेठ छोरा फणिन्द्रराज पराजुली नेपाली काँग्रेस पोखरा–५ का वडा सभापति हुन भने कान्छा छोरा हरि पराजुली नेपाली काँग्रेसका क्रियाशील सदस्य हुन् ।

स्वर्गीय पराजुलीको आइतबार बिहान पोखराको रामघाट स्थित सेती नदीमा हिन्दु संस्कृति अनुसार अन्त्यष्टि गरिएको छ । साथै नेपाली काँग्रेस कास्की क्षेत्र नं –२ ले आइतबार नै शोक बक्तब्य जारी गर्दै स्वर्गीय पराजुलीप्रति आर्दिक श्रद्धाञ्जली अर्पट गर्दै शोक सन्तप्त परिबारप्रति आर्दिक समवेदना प्रकट गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width