कोरोना भाइरसबाट संक्रमितमध्ये १० जना निको भइ बुटवलको कोरोना विशेष अस्पतालबाट डिस्चार्ज भएका छन् । उनीहरू सबैजना कपिलवस्तुका हुुन् ।
दुई साताअघि अस्पताल भर्ना भएका ती संक्रमितको लगातार २ पटकको पीसीआर रिर्पोट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको बुुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालका फोकलपसर्न वरिष्ठ कन्सलटेन्ट डा. सुुदर्शन थापाले बताए ।
उनले भने, ‘बिरामीलाई निको बनाएर पठाउँदा हामीलाई खुसी लागेको छ ।’ निको भएर जानेहरुले ‘कोरोनाबाट डराउनुपर्दैन, सजिलै जित्न सकिन्छ’ भन्ने सन्देश पनि दिएको उनी बताउँछन्।
सो कोरोना अस्पतालमा रुपन्देही र कपिलवस्तुका ३६ जनाले उपचार गराइरहेका थिए । यसअघि रुपन्देहीको कोटहीमाई गाउँपालिकाका २५ वर्षीय युवा निको भएर घर गइसकेका छन्।
प्रदेश ५ मा कोरोना संक्रमितको संख्या सबैभन्दा धेरै अर्थात् २ सय ७१ छ । जसमध्ये २ जनाले ज्यान गुमाए भने ३२ जना निको भएका छन् ।
लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सूपरिन्टेन्डेण्ड डा. राजेन्द्र खनालले मानिस अनुशासनमा बस्ने सकेमा कोरोना संक्रमण रोक्न सकिने बताए।
लकडाउन पालना गरेर घरमै बस्नुपर्ने र सरसफाइमा ध्यान दिनुपर्ने उनको सुझाव छ ।
शुक्रबारमात्रै बाँके खजुरास्थित सुुशील कोइराला प्रखर क्यान्सर अस्पतालबाट २१ जनाको कोरोनो जितेको घर फर्किएका थिए ।
Related News
सम्बन्धित समाचार
एक महिना अनलाइन कक्षा सञ्चालन गर्ने सरकारको तयारी
भ्याक्सिनले मात्रै कोरोनालाई हराउन सकिन्छ भन्ने नसोचौं : डब्लुएचओ प्रमुख
बगाले बगेडी चरा संरक्षणप्रति सरोकारवालाको चासो
सरकार ढाल्न कांग्रेसले बटुल्यो हस्ताक्षर, जनमाेर्चाले निर्णय दिन सकेन
प्रदेशस्तरीय सुरक्षा गोष्ठी : गण्डकीमा कस्तो छ सुरक्षा अवस्था ?
hero news full width
मुख्य समाचार
कोरोनाबाट गण्डकी प्रदेशमा थप २ जनाको मृत्यु
‘प्रधानमन्त्री ओलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ’
चैत्र ३०, २०७७आहा ! फुटबलमा दर्शक
चैत्र ३०, २०७७कोरोनाको बढ्दो ग्राफ, कास्कीका विद्यालय कहिले बन्द ?
चैत्र ३०, २०७७गण्डकी सरकार : ढलाउन भन्दा बनाउन सकस
चैत्र २९, २०७७मनोज विकलाई पेन गनबाट गोली हान्ने राजकिशोर पक्राउ
चैत्र २९, २०७७