कोरोना [कोभिड-१९] ताजा अपडेट
यहाँ क्लिक गर्नुहोस्

स्याङ्जाका युवककाे क्वारेन्टाइनमै मृत्यु, कोरोना पुष्टि हुन बाँकी

Avatar आदर्श समाज सम्वाददाता
जेठ १०, २०७७

क्वारेन्टाइनमै मृत्यु भएका युवकको शव गाडीमा राख्दै भारतीय सुरक्षाकर्मीहरु । फोटो: विक्रम खड्का/बुटवल ।

पाेखरा, १० जेठ । भारतकाे नौतनवास्थित क्वारेन्टाइनमा बसेका स्याङ्जा हरिनास गाउँपालिकाका एक युवकको मृत्यु भएको छ ।

रोजगारीका लागि भारत गएका हरिनास २, चिसापानीका ३२ वर्षीय एक युवकको शनिबार क्वारेन्टाइनमै मृत्यु भएको हरिनास गाउँपालिका अध्यक्ष खिमनारायण मानन्धरले पुष्टि गरे । आदर्श समाजसँगको कुराकानीमा उनले ती युवकको पीसीआर परीक्षण भइरहेको र रिपोर्टपछि मात्र कोराना भाइरसबाट मृत्यु भएको हो वा होइन भन्नेबारे पुष्टि हुनेछ ।

लकडाउनकै बेलामा भारत अलिगढबाट स्याङ्जा फर्किने क्रममा रुपन्देहीको बेलहिया नाकामा प्रहरीले नेपाल छिर्न नदिएपछि उनलाई क्वारेन्टाइन राखिएको थियो । उनी जेठ ५ देखि राजीव गान्धी पीजी कलेजमा निर्मित क्वारेन्टाइनमा बसेका थिए । उनी हर्नियाको बिरामी समेत रहेको बताइएको छ ।