खाँदबारी, १० जेठ (रासस) । थप उपचारका लागि हेलिकप्टरबाट उद्धार गरिएकी संखुवासभा खाँदबारी नगरपालिका–६ की गङ्गा कार्कीको मृत्यु भएको छ ।
उपचारका क्रममा काठमाडौस्थित परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पताल थापाथलीमा शुक्रबार राति साढे १० बजे उनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक मीमबहादुर लामाले जानकारी दिए ।
नवजात शिशु गुमाएकी ३२ वर्षीया उनीलाई नेपाली सेनाको हेलिकप्टर मार्फत शुक्रबार ४ बजे काठमाडौँ लगिएको थियो । उनीलाई जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि प्रसूति गृह लगिएको थियो । सो अस्पताल प्रसूति तथा स्त्रीरोग सेवाका लागि केन्द्रीय विशेषज्ञ अस्पतालको रूपमा रहेको छ ।
उनीलाई गत चैत ४ गते जिल्ला अस्पताल खाँदबारीमा भर्ना गरिएको थियो । चिकित्सकले शिशु अप्ठ्यारो गरेर बसेको पत्ता लगाएपछि उनीलाई विराटनगरस्थित नोबेल अस्पताल रिफर गरिएको थियो । सो अस्पतालमा मृत शिशु जन्मेपछि उनी बेहोस भएकी थिइन् । त्यहाँ उनका परिवारले २ लाखभन्दा बढी खर्च गरेका जनाइएको छ । अस्पतालमा थप शुल्क तिर्न नसकेपछि उनीलाई घर फर्काएको थियो ।
Related News
सम्बन्धित समाचार
बुधबारदेखि टिकट काउण्टर बन्द
प्राविधिक शिक्षामा जोड दिन आवश्यकः प्रदेश प्रमुख शेरचन
५ सञ्चारकर्मीलाई जनमत सम्मान
दमौली बजार इकाइमा भूपाल
आगलागी पीडितलाई मन्त्रीको राहत
hero news full width
मुख्य समाचार
आहा ! फुटबलमा दर्शक
कोरोनाको बढ्दो ग्राफ, कास्कीका विद्यालय कहिले बन्द ?
चैत्र ३०, २०७७गण्डकी सरकार : ढलाउन भन्दा बनाउन सकस
चैत्र २९, २०७७मनोज विकलाई पेन गनबाट गोली हान्ने राजकिशोर पक्राउ
चैत्र २९, २०७७पर्वतका आगलागी पीडितलाई मन्त्रीले बाँडे राहत
चैत्र २९, २०७७गुरुङ सरकार ढाल्न ३ दलको जोडतोड : जनमोर्चाको ग्रीन सिग्नल कुर्दै
चैत्र २९, २०७७