भारतबाट आएका १६ नेपालीलाई चलचित्र पत्रकार संघले खुवायाे खाना

विनिता सुनार विनिता सुनार
जेठ १०, २०७७
2

भारतबाट आएका बाग्लुङका १६ जनालाई चलचित्र पत्रकार संघ कास्कीले शनिबार निशुल्क खाना खुवाएको छ ।

दुई दिनदेखि भोकै रहेका उनीहरुलाई पोखरा नेपाल युके फाउन्डेशन सहयोगमा खाना, जुस, पानी, चाउचाउ उपलब्ध गराएको संघ कास्की अध्यक्ष अरुण गिरीले जानकारी दिए ।

संघ कास्कीका पूर्वसचिव सुशन घिमिरेले भारतबाट १६ जना नेपाली बाग्लुङ जान लागेको र उनीहरु दुई दिनदेखि भोकै रहेको जानकारी दिएसँगै संघले पाेखरा-१, सिम्पानी पुगी खानाको व्यवस्था गरिएको हो ।

‘चार दिन लगाएर हामी भारतको हरिद्वारबाट नेपाल प्रवेश गरेका हौ । बाटोमा पैसा तिरेर खान समेत पाइएन । यस्तो सहयोग त कुरै छाडौ । दुईदिनको भोको पेटलाई पोखरा आएर भर्न पाउँदा निकै राहत मिलेको छ’ भारतबाट आएका एक नेपालीले भने ।

अध्यक्ष गिरीले उनीहरुलाई बाग्लुङ पुगेर क्वारेन्टाइनमा बस्न र सरकारले जारी गरेको लकडाउनको पूर्ण पालना गर्न सुझाएका छन् ।

यस्तै महामारीका बेला आपतमा परेका विपन्नलाई संघले घरमै पुगेर राहत उपलब्ध गराउने समेत बताए । ‘हामी मनोरञ्जनका कार्यक्रम मात्रै गर्दैनौ, सामाजिक सेवा समेत हाम्रो दायित्व भित्र पर्छ,’ उनले भने ।

संघले यसअघि जिल्ला प्रहरी कार्यालय कास्कीलाई समेत सेनिटाइजर सहयोग गरेको थियो ।

Related News

सम्बन्धित समाचार

    • तनहुँ समाज र मातृभूमि सहकारीको शुभकामना आदानप्रदान

      Avatar आदर्श समाज सम्वाददाता चैत्र ३०, २०७७
      पोखरा । तनहुँ सम्पर्क समाज पोखरा र मातृभूमि बचत तथा ऋण सहकारी संस्थाको २०७८ सालको भित्तेपात्रो विमोचन तथा शुभकामना आदानप्रदान…
    • पाल्पाली समाज पोखराको क्यालेन्डर विमोचन

      Avatar आदर्श समाज सम्वाददाता चैत्र २८, २०७७
      पोखरा, २८ चैत । पाल्पाली समाज पोखराले वर्ष–२०७८ को क्यालेन्डर विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । पोखरामा शनिबार…
    • लाङ्दी तमु समाजमा बालकृष्ण

      Avatar आदर्श समाज सम्वाददाता चैत्र २८, २०७७
      पोखरा । लाङ्दी गाउँ तमु समाज पोखराको भेलाले बालकृष्ण गुरुङको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । उपाध्यक्ष…
    • अल नेपाल होमियोप्याथिक एसोसिएसनमा खगेन्द्र

      Avatar आदर्श समाज सम्वाददाता चैत्र २८, २०७७
      पोखरा । अल नेपाल होमियोप्याथिक एसोसिएसनको पोखरामा शुक्रबार आयोजित १० औं महाधिवेशनले डा. खगेन्द्र कटुवालको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको…
    • पाेखरा १७ र २१ मा सडकको अवस्था र पुल दयनीय

      Avatar आदर्श समाज सम्वाददाता चैत्र २७, २०७७
      पाेखरा । बत्ती मुनिको अँध्यारो भनेजस्तै गण्डकी प्रदेशको राजधानी पोखरा वडा नम्बर १७ र २१ को सडकको अवस्था र पुलको…

    hero news full width

    sanil ads

    wordlink ads