काठमाडौँ, १० जेठ (रासस) । कोभिड–१९ को सङ्क्रमणको जोखिममा काम गरिरहेका नेपाल पत्रकार महासङ्घ उपत्यका प्रदेश समितिअन्र्तगत काठमाडौँ, भक्तपुर र ललितपुरका ११९ पत्रकारको ‘कोभिड पत्रकार बीमा’ गरिएको छ ।
नेपाल पत्रकार महासङ्घ उपत्यका प्रदेश समितिका महासचिव श्रीजन झाको पहल एवं मिसन मिडिया क्लबको आर्थिक सहयोगमा प्रतिपत्रकार १ लाखको कोरोना बीमा गराएको हो । महासचिव झाले उपत्यका प्रदेशअन्तर्गतका जिल्लामा आवद्ध क्रियाशील पत्रकारको बीमाका लागि क्लबले प्रतिव्यक्ति ६ सयका दरले १ सय १९ जनाको बीमा शुल्क तिर्न सहयोग गरेको जानकारी दिए ।
उक्त बीमाअनुसार कुनै पत्रकार कोभिड–१९ बाट सङ्क्रमित भएमा बीमा कम्पनी सगरमाथा इन्स्योरेन्सले रु एक लाख सम्बन्धित पत्रकारलाई उपलब्ध गराउनेछ । यसअघि कोभिड–१९ सङ्क्रमणको बढ्दो जोखिमसँगै मिसन मिडिया क्लबका अध्यक्षसमेत रहेका महासचिव झाले बीमा कार्यक्रम घोषणा गरेका थिए ।
यसैगरी दोस्रो चरणमा थप २५१ जनाको पनि कोभिड पत्रकार बीमा गर्ने सम्बन्धि आवश्यक तयारी भइसकेको छ । यसका लागि नामावली सङ्कलन गर्न आह्वान गर्ने तयारी भइरहेको क्लबले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
मुख्य न्यायाधिवक्ताको कार्यालयले बल्ल सच्यायो विवरण
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
पुस्तक दिवसमा पुस्तक साटासाट
स्वदेश फर्किए कतारी अमिर
अधिकारी सरकारको मुख्य न्यायाधिवक्ता चिरन्जीवी शर्मा !
hero news full width
मुख्य समाचार
कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१रोजगार खोज्दै मेलामा
वैशाख १२, २०८१कतारी अमिरलाई ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ !
वैशाख ११, २०८१फेवातालमा दुर्घटनामा परेका ५ जनाको उद्धार
वैशाख ११, २०८१