अपांग असहायलाई राहत वितरण

आदर्श समाज सम्वाददाता
जेठ १०, २०७७
tcan rakam

पोखरा, १० जेठ। युकेस्थित डाइमण्ड बुद्धिष्ट सेन्टरले पोखराका असहाय, अपांग र बुद्ध शिक्षार्थीलाई कोरोनाको कहरको अवस्थामा राहतका लागि रकम हस्तान्तरण गरेको छ ।

डाइमण्ड बुद्धिष्ट सेन्टर युकेले पोखरामा रहेका अपांगता र असहाय साथै बौद्ध अघौं सदनमा बुद्ध शिक्षा अध्ययनरत ट्हबाहरुलाई राहत सहयोगका लागि २ लाख ७६ हजार ४८४ रुपैया हस्तान्तरण गरेको हो।

शनिवार पोखरा १० रामघाटस्थित बौद्ध अर्घौं सदनमा आयोजित कार्यक्रममा समस्यामा रहेका अपांग असहायका लागि राहत वितरण गर्नका लागि तमु साँस्कृतिक प्रतिष्ठान नेपालका अध्यक्ष चित्रबहादुर गुरुङ र कोषाध्यक्ष कौशिला गुरुङलाई बौद्ध अर्घौ सदनका प्रमुख लामा खेन्पो शिर लामा गुरुङ, डाइमण्ड बुद्धिष्ट सेन्टरका सक्रिय सदस्य तथा मण्डप सचिव चन्द्र गुरुङ, उनकी धर्मपत्नी धनज्योति गुरुङ र सक्रृय सदस्य हरिकाशी गुरुङले २ लाख २६ हजार ४८४ रुपैया हस्तान्तरण गरेका थिए ।

यसरी नै बौद्ध अर्घौ सदनमा बुद्ध शिक्षा अध्ययनरत ट्हबाहरुलाई खाद्यान्नका लागि डाइमण्ड बुद्धिष्ट सेन्टर युकेको तर्फबाट ३० हजार र साउथ इष्ट रिजनल तमु धि युकेद्धारा २० हजार गरी ५० हजार गुम्बाका प्रमुख लामा खेन्पो शिर लामा गुरुङलाई हस्तान्तरण गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width