एमसीसी पास नगर्न नेकपा क्रान्तिकारी माओवादीको चेतावनी

आदर्श समाज सम्वाददाता
जेठ १०, २०७७
ConspiringagainstMCC_20200106145108

पोखरा, १० जेठ । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी ) ले मिलेनियन च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता संसदबाट पास नगर्न चेतावनी दिएको छ ।

उक्त पार्टीको ४ नं प्रदेश समितिले एक वक्तब्य प्रकाशित गर्दै नेपाल र नेपाली जनतालाई दीर्घकालीन रुपमा असर पु¥याउने रणनीतिक महत्वको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता संसदबाट पारित गर्ने खतरा देखापरेको जनाएको छ ।

नेपालको स्वाधीनता र स्वतन्त्रताको रक्षा गर्न सम्पूर्ण नेपाली जनता एकजुट भएर लाग्नु पर्ने बेला आएको छ । राष्ट्रघाती एमसीसी परियोजना हिन्द प्रशान्त रणनीतिको अंग भएकोले संसदबाट पारित नगर्न सम्पूर्ण सांसदहरुलाई अनुरोध गर्दछौं , बक्तब्यमा भनिएको छ ।

त्यसलाई संसदद्धारा पारित गराउन खोज्ने सरकारको प्रयत्नलाई विरोध गर्दैं त्यसको भत्सना गदछौं । राष्ट्रियता र सार्वभौमिकता तथा नेपालको परराष्ट्रनीति समेतमा आँच पुग्न नदिन सम्पूर्ण राजनीतिक पार्टीहरु, सांसदहरु, संघ ÷संस्थाहरु र सम्पूर्ण देशभक्त नेपाली जनता समक्ष हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) ४ नं. प्रदेश समिति यो प्रेस बक्तब्य मार्फत र्हािर्दक अपील गर्दछौं ।

हालै लिम्पियाधुरा लिपुलेक र कालापानी क्षेत्रको नेपाली भूभागलाई समेटी नेपालको नयाँ नक्सा प्रकाशित गरी सार्वजनिक गर्ने काम भएको छ । यो नेपाल र नेपाली जनताको उपलब्धि हो । कालापानी–लिपुलेक–लिम्पियाधुरा लगायतका सीमा बचाऔं अभियान हाम्रो पार्र्टीले निरन्तर सञ्चालन गर्दै आईरह्यो । विगत लामो समयदेखि नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), संयुक्त मोर्चा देजमो नेपाल लगायत सम्पूर्ण स्वाभिमानी देशभक्त नेपाली जनताको संयुक्त संघर्षको उपलब्धिको रुपमा यसलाई लिनु पर्दछ । तर कालापानीमा दशकौदेखि नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतामा हस्तक्षेप गरेर भारतले सैनिक अखडा जमाई रहेको छ ।

अहिले त्यहाँबाट तिब्बतको मानसरोबरसम्म पुग्ने बाटो नेपाली भूमिमा जबर्जस्ती बनाईरहेको छ । यो संन्दर्भमा भारतसँग निर्णायक रुपमा समस्या समाधान गर्न र नेपालको सम्पूर्ण अतिक्रमित भूमि फिर्ता र त्यहाँबाट भारतीय सेनालाई हटाउन सम्पूर्ण नेपाली जनता एकजुट भएर लाग्नु पर्ने स्थिति खडा भएको बक्तब्यमा भनिएको छ ।साथै कोरोना भाइरसको फैलदो महामारीबाट सम्पूर्ण नेपाली जनतालाई जोगाउन बढी प्रभावित जिल्ला र क्षेत्रका सम्पूर्ण नागरिकलाई तीब्र रुपमा पिसीआर टेस्ट गरी क्वारेण्टाइन वा आइसोलेशनमा राख्ने कार्यलाई ब्यापक बनाउन जोडदार माग समेत गरिएको छ ।
.
भारत लगायत अन्य देशहरुबाट नेपाली श्रमिकहरु स्वदेशमा फर्कन चाहनेलाई र विदेशी भूमिमा अलपत्र परेकालाई फिर्ता ल्याइयोस् र उपयुक्त ब्यवस्था गरेर क्वारेण्टाइनमा राख्ने, स्वास्थ्य परीक्षण गर्ने र घर पठाउने वा आइसोलेशनमा राख्ने कुरालाई तीब्र र नेपाली नागरिकलाई नेपाल फर्किने र स्वदेश मै काम गर्ने सहज बातावरण बनाउन समेत माग गरिएको छ ।
.

Related News

सम्बन्धित समाचार

hero news full width