सिमामा अलपत्र परेका ५३ जना नेपालीलाई शनिबार नवलपुर ल्याइयो

रामकुमार श्रेष्ठ
जेठ १०, २०७७
kawasoti refress center 1

नवलपरासी, १० जेठ। नेपाल भारत सिमा क्षेत्रमा अलपत्र परेको पूर्वी नवलपरासीको बौदीकाली गाउँपालिकाका ३९ जना सहित ५३ जनालाई गएराति नवलपुर ल्याइएको छ।

स्थानीय तह र प्रशासनको समन्वयमा पहिलो पटक १७ जना र पछि ३१ जना गरी ४८ जनालाई गएराति नवलपुर ल्याइएको हो भने विहान थप पाँच जनालाई उद्दार गरिएको छ । उनीहरु अहिले कावासोतीको रिफ्रेस सेन्टरमा छन् । उनीहरुलाई सम्बन्धित पालिकाको क्वारेन्टाइनमा पुर्याउने तयारी भईरहेको जनाइएको छ । कावासोती आसपास क्षेत्रकालाई भने कावासोती नगरपालिकाले सम्बन्धित पालिकामा लगेर छाडिदिएका छन् भने बौदीकाली र बुलिङ्गटारकालाई पनि सम्बन्धित गाउँपालिकामा लगेर छाड्ने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।

उनीहरु अधिकांश भारतको उत्तर प्रदेश र मध्यप्रदेशबाट आएकाहरु छन् ।

४२ जना मध्ये गैडाकोट नगरपालिकाका २ जना, मध्यविन्दु नगरपालिकाका २ जना, कावासोतीका ५ जना, हुप्सेकोट गाउँपालिकाका १ जना, देवचुली नगरपालिकाका १ जना र ३ जना बुलिङटारका रहेका छन् भने बाँकी बौदीकाली गाउँपालिकाका हुन्।

Related News

सम्बन्धित समाचार

hero news full width