प्रदेश ५ को नीति कार्यक्रम आउँदै

विक्रम खड्का
जेठ १०, २०७७
pardesh 5

बुटवल ।  पाँच नम्बर प्रदेश सरकारले शनिबार आफ्नो नीति कार्यक्रम पेश गर्दै छ। प्रदेश सभाको शनिबारको वैठकमा प्रदेश प्रमुख धर्मनाथ यादबले उक्त कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम रहेको छ।

बुटवल स्थित प्रदेश सभा भवनमा दिउसो ३ बजे नीति कार्यक्रम प्रस्तुत हुने प्रदेश सभाका सचिव दुर्लभभ कुमार पुनले बताए । प्रदेश सभाको बजेट अधिवेशन शुक्रबारबाट हुरु भएको हो।

कोरोनाका कारण विनियोजित बजेट अपेक्षाकृत खर्च नभएकोले गतवर्षका अधिकाश योजनालाई नै निरन्तरता दिने तयारी सरकारले गरेको छ। त्यस्तै कृषि र रोजगारका विषयमा सरकारले विशेष कार्यक्रम ल्याउने प्रदेश सरकारका प्रवक्ता वैजनाथ चौधरीले बताए।

प्रदेश सरकारले नीति कार्यक्रम संसदवाट पारित भएसंगै बजेट पेश गर्ने कार्यक्रम रहेको छ।

Related News

सम्बन्धित समाचार

hero news full width