काठमाडौँ, १० जेठ । कर्मचारी सञ्चय कोषले कोरोना भाइरसका कारण सरकारले लागू गरेको लकडाउनसँगै बन्द रहेका कोषका सेवामध्ये हाललाई विशेष सापटी सेवा अनलाइनमार्फत लिन सकिने गरी सञ्चालन गर्ने भएको छ ।
कोभिड–१९ का कारण गत चैत ११ गतेदेखि सरकारले लकडाउन लागू गरेसँगै कोषका सेवा बन्द गरिँदै आए पनि आइतबारदेखि अनलाइनमार्फत विशेष सापटी सेवा सञ्चालन गर्ने तयारी गरिएको कोषले विज्ञप्तिमार्फत जनाकारी दिएको छ ।
“लकडाउनका कारण यातायात र हिँडडुलमा भएको असहज अवस्थालाई मध्यनजर गर्दै घर तथा कार्यालयमै बसेर सरल, सहज र प्रभावकारीरूपमा सेवा उपलब्ध गराउने उद्देश्यअनुरुप अनलाइन विशेष सापटी सेवा शुरु गरिएको हो” विज्ञप्तीमा भनिएको छ । हाललाई यो सेवा विशेष सापटी लिन योग्यता पुगेका र केवाइसी अपडेट गरेका सञ्चयकर्ताले प्राप्त गर्न सक्नेछन । त्यसका लागि सञ्चयकर्ताले कोषको वेभसाइटमा गइ प्राप्त निर्देशनअनुसार अनलाइन फाराम भरी सोसँगै विशेष सापटीको आवेदन फाराम भरी स्क्यान कपी अपलोड गरेर पठाउनुपर्ने हुन्छ ।
कोषले उक्त आवेदन फारामलाई रुजु गर्छ र सो गरिसकेपछि सम्बन्धित सञ्चयकर्ताको बैंक खातामै रकम जम्मा गरिदिनेछ । कोषले कोभिड–१९ का कारण हाल बन्द रहेका अन्य सेवासमेत क्रमशः सञ्चालनको तयारीसमेत पूरा गरेको छ । लकडाउन खुकुलो हुनेबित्तिकै कोषका कार्यालयमार्फत सुरक्षितरूपमा कोषका अन्य सेवाप्रवाह हुने गरी तयारी गरिएको कोषले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
वर्षाले हिलाम्मे पोखरा प्रवेशमार्ग
असुरक्षित टहरामा बस्न वाध्य सुरक्षाकर्मी
गण्डकी सरकारले २०८१ मा ३ दिन बिदा दिने
गैंडाकोट नगरपालिकाले थाल्यो अनलाइनबाटै नागरिकता सिफारिस
प्रधानमन्त्रीसँग गोरखा नगरपालिकाले माग्यो साढे ३ अर्ब बजेट
hero news full width
मुख्य समाचार
किरिया बसेका दाजुभाइ परीक्षामा
सुरु भयो एसइई, ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सामेल
चैत्र १५, २०८०बजेट अभावमा नगर अस्पतालको काम रोकियो
चैत्र १५, २०८०एमाले कास्कीमा को-को निर्वाचित ? (अन्तिम मतपरिणामसहित)
चैत्र १४, २०८०एमाले कास्की अध्यक्षमा बैनबहादुर विजयी
चैत्र १४, २०८०तनहुँ र चितवनलाई जोड्ने ठिमुरामा पक्की पुल
चैत्र १४, २०८०