कोरोना [कोभिड-१९] ताजा अपडेट
यहाँ क्लिक गर्नुहोस्

नेपालमा कोरोना संक्रमितको संख्या ५०७ पुग्यो, ३ को मृत्यु

Avatar एजेन्सी
जेठ ९, २०७७

काठमाडौं, ९ जेठ । शुक्रवार नेपालमा थप २० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रवार दिउसोसम्म नेपालमा संक्रमितको संख्या ५०७ पुगुेको छ ।

मन्त्रालयका अनुसार डडेलधुरा र वैतडीमा पनि संक्रमण देखिएको छ । डडेलधुराको पराशुराम–१० का २५ वर्षीय पुरुष र वैतडीको शिवनाथ–१ का २२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाकै कारण नेपालमा तीन जनाको ज्यान गएको छ ।

कैलालीका १९, २३, र २९ वर्षीय पुरुष गरी सुदूरपश्चिम प्रदेशका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। त्यसैगरी बाँकेका १४ जनामा १८ देखि ६१ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको बताइएको छ ।