६० हजारको खाद्यान्न सहयोग

आदर्श समाज सम्वाददाता
जेठ ९, २०७७
kumari

स्याङ्जा, ९ जेठ । कोरोना भाइरस संक्रमणका कारण प्रभावित विपन्न परिवारलाई लक्षित गर्दै कुमारी बैंक स्याङजाले ६० हजार बराबरको खाद्यान्न सहयोग गरेको छ ।

पुतलीबजार नगरपालिका १ स्थित बैंकको शाखा कार्यालयले लकडाउनका कारण काममा जान नसक्ने श्रमजीवी परिवारलाई बितरण गर्दे उदेश्यले पुतलीबजार नगरपालिकालाई सहयोग गरेको जनाएको छ ।

बैंकले ५ सय किलो चामल, एक सय किलो दाल, एक सय लिटर खाने तेल, एक सय किलो नून र एक सय वटा नुहाउने सावनगरी ५९ हजार रुपैंया बराबरको खाद्यान्न लगायतका सामाग्री सहित उपलब्ध गराएको जनाएको छ ।

बैंकका प्रमुख अमर श्रेष्ठले पुतलीबजार नगरप्रमुख सीमा क्षेत्रीलाई ती सामाग्री पुतलीबजार नगरपालिकाको कार्यालयमै पुर्याएर हस्तान्तरण गरेका हुन् । खाद्य सामाग्री ग्रहण गर्दे नगरप्रमुख क्षेत्रीले नगरपालिकालाई उपलब्ध सामाग्री लक्षित बर्गमा पुरयाईने बताउदै सहयोगी बैंकलाई धन्यवाद दिएका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width