अन्तत नेपाली सेनाले गर्याे काेराेनाबाट मृत्यु भएका शिक्षकको दाहसंस्कार

आदर्श समाज सम्वाददाता
जेठ ९, २०७७
Crimson-Hospital

बुटवल, ९ जेठ। रुपन्देहीको क्रिमसन अस्पतालमा मृत्यु भएका कोरोना संक्रमित शिक्षकको दाहसंस्कार नेपाल सेनाले गरेको छ।

लामो समयदेखि दाहसंस्कार हुन नसकेपछि सर्वत्र आलोचना भएपछि नेपाल प्रहरीको सहयोगमा सेनाले दाहसंस्कार गरेको हो । मृत्यु भएको २४ घण्टा सम्म पनि शव अस्पतालमै रहेको भन्दै आलोचना भएपछि प्रशासनले सेनालाई गुहारेको हो । संक्रमितको शव व्यवस्थापनमा अन्योलता रहेका कारण केहि ठिलाई भएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्तले बताए।

आफन्तहरुले केहि गुनासाहरु रहेको भन्दै आफ्नो माग सुनुवाई हुनु पर्ने बताएका थिए । तर सेना र प्रहरीको टोली अस्पताल पुगेर संक्रमितको शव निकालेर शव वहानमा राखेको थियो।

डव्लुएचओको मापदण्ड अनुशार शव जलाउन नहुने भएको भन्दै गाडिएको छ।

रुपन्देहीको देवदह र तिलोत्तामाको विचमा रहेको जंगलमा शव गाडिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीको प्रवक्ता खड्ग वहादुर खत्रीले बताए । उनले निमार्ण व्यवसायीको शव वहानमा राखेर दाहसंस्कार गरिएको उनले बताए।

यता निधन भएका संक्रमित शिक्षकका कुरुवा र अस्पतालका चिमित्सक स्वास्थ्यकर्मीहरु सबैको रिर्पोट नेगेटिभ आएको छ। रुपन्देहीको प्रादेशिक ल्यावमा गरिएको परिक्षणमा रिर्पोट नेगेटिभ आएको हो । यस अघि अर्घाखाँचीको छाँया पोलिक्निकका स्वास्थ्यकर्मीहरुको रिर्पोट पनि नेगटिभ आएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width