धनकुटा अस्पताल वरपरको सिल हट्यो

आदर्श समाज सम्वाददाता
जेठ ९, २०७७
cdo office p

धनकुटा ९ जेष्ठ । धनकुटा अस्पताल वरिपरीको बजार क्षेत्रमा गरिएको सिल शुक्रवारदेखि हटाइएको छ ।

धनकुटामा धनकुटा अस्पतालका स्वास्थ्यकर्मी सहित कोरोना भाइरस एक्कासी फैलिएपछि धनकुटा अस्पताल र वरिपरीका बजार क्षेत्रमा ४ दिन अघि देखी गरिएको सिल धनकुटा अस्पताल परिषरमा सिल कायम गरी वरिपरी बजारको सिल हटाइएको छ ।

धनकुटा जिल्ला स्तरीय सिसिएमसि का संयोजक एवं धनकुटाका प्रमुख जिल्ला अधिकारी केशव प्रसाद विमलीको अध्यक्षमा शुक्रबार वसेको बैठकले केही दिन अधि धनकुटा अस्पताल सहित वरिपरी बजार क्षेत्रमा गरिएको सिल हटाइएको हो ।

Related News

सम्बन्धित समाचार

hero news full width