दैनिक भारतबाट भित्रिँदैः जिल्लामा त्रास बढ्दो

रासस
जेठ ९, २०७७
1579850606dailekh_hospital

दुल्लु, ९ जेठ । लकडाउनको ५६ औँं दिनपछि दैलेखको आठबीस नगरपालिका–१ सात्तलाका ३५ वर्षीय युवकमा कोरोना भाइरस पुष्टि भयो । सम्बन्धित ठाउँमै रहेको क्वारेन्टिनमा रहेका उनलाई भारतबाट उद्धार गरी ल्याइएको थियो । ती व्यक्तिमा कोरोना पुष्टि हुँदा उद्धार गरी ल्याइएका कति व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण छ भन्ने सबैको पिसिआर परीक्षण गरी नसक्दा सर्वसाधारण त्रसित बनिरहेको अवस्था छ ।

अहिले दिनहुँ सयौँ व्यक्तिलाई धमाधम उद्धार गरी कर्णाली प्रदेशमा भित्र्याउने काम तीव्रगतिमा भइरहेको छ । बिहीबार मात्र भारतको रूपडिया नाकाबाट आएका एक हजार ६७२ मध्ये दैलेखका ७२७ जना छन् । दैलेखका कोरोना सङ्क्रमित ती युवक कर्णाली प्रदेशकै पहिलो भएको पुष्टि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गर्नुपूर्व सयौँ व्यक्ति दैनिक आएका छन् । त्यस्तै दिनहुँ सयौँ व्यक्तिलाई उद्धार गरी ल्याउने क्रम रोकिएको छैन । भारतबाट पछिल्लो समय ल्याइएका व्यक्तिमा कोरोना पुष्टि हुँदा पनि सङ्क्रमण फैलिन नदिन कुनै ठोस सावधानी नअपनाइँदा सर्वसाधारणमा त्रास फैलिरहेको छ ।

कोरोना सङ्क्रमितको उपचार कहाँ र कसरी गर्ने भन्ने विषयमा ३८ घण्टासम्म छिनोफानो गर्न नसक्दा चिन्ता बढेको नेपाल बार एशोसिएसन दैलेखका अध्यक्ष माधव अधिकारीले बताउछन् । भएका क्वारेन्टिनमा पनि न्यूनतम मापदण्ड नपु¥याइएका र सबै भरिभराउ छन् भने कतिपय दैलेखका ती युवकलाई सङ्क्रमण पुष्टि हुनुपूर्व नै हटाइसकेका छन् । उहाँले भन्नुभयो, “अब झन् कोरोना भुसझैँ सल्कने खतरा बढ्ने देखिन्छ । कोरोना पुष्टि भएको ३८ घण्टासम्म कहाँ उपचार गर्ने कसरी गर्ने भन्ने अन्योलमै बित्यो ।”

कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावल बुधबार दिनभर दैलेख आएर अन्तिममा सरस्वती माविमा निर्माण गरिएको आइसोलेशनमा उपचार गर्ने निष्कर्षसहित फर्किए । “हाम्रो सरकारको यो हालत छ । अब एक जनामा कोरोना देखिँदा त अवस्था कठिन भयो भने भोलि सयौँमा फैलिए कस्तो अवस्था आउला, समयमै होशियारपूर्वक रोकिएन के होला”, पत्रकार गोविन्द केसीले चिन्ता व्यक्त गरे ।

आठबीस नगरपालिकाका उपप्रमुख दीपा बोहोराले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै कोरोना सङ्क्रमितको उपचार नभएको र प्रदेश सरकार उदासीन भएको आरोप लगाए । कोरोना पुष्टि भएका युवकलाई ३८ घण्टासम्म आइसोलेशनमा सुरक्षितरूपमा उपचार गराउन नसक्नु र सयौँको सङ्ख्यामा भारतबाट उद्धार गरी ल्याइएका व्यक्ति जिल्लामाअव्यवस्थितरूपमा विनास्वास्थ्य परीक्षण र भावी योजनाविनै धमाधम पठाउनु कमजोरी भएको दैलेखबाट निर्वा्चित प्रतिनिधिसभा सदस्य पार्वती विसुन्केले बताए ।

जिल्लामा व्यवस्थित आइसोलेशन भएको र अहिले सङ्क्रमितको उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले जानकारी दिए । उनका अनुसार बाँकी अन्य श्यया पनि तयार हुँदैछन् । अब भारतबाट फर्किएकाहरुलाई स्थानीय सरकारले आफ्नै ठाउँमा रहेका क्वारेन्टाइनमा राख्नुपर्ने बताउँदै प्रजिअ कट्टेलले आवश्यक स्वास्थ्य परीक्षण सामग्री अभाव भए जिल्ला र प्रदेशसँग समन्वय गरी उच्च सतर्कता अपनाउन सके बाँकी सङ्क्रमण रोक्न सकिने बताए ।

सङ्क्रमित व्यक्ति भारतबाट आएका र स्थानीय क्वारेन्टाइनमा राखिएका हुँदा दिनहुँजसो जिल्लाका मान्छे धमाधम उद्धार गरी ल्याउँदा सन्त्रास बढ्नु स्वाभाविक रहेको जिल्ला अस्पताल दैलेखका प्रमुख डा निराजन पन्तले बताए । सबै स्थानीय तह गम्भीर भई सरकारले बनाएको मापदण्डलाई मानिदिने हो भने सङ्क्रमण फैलिनबाट रोक्न सकिने उनको बुझाइ छ ।

Related News

सम्बन्धित समाचार

  • असुरक्षित टहरामा बस्न वाध्य सुरक्षाकर्मी

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    ढोरपाटन । खिया लागेका जस्तापाता, उप्किएका भित्ता, धमिराले छियाछिया भएका झ्याल ढोका । छानामा ढुंगाहरूले प्लास्टिक अठ्याइएको छ । यो…
  • गण्डकी सरकारले २०८१ मा ३ दिन बिदा दिने

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । गण्डकी प्रदेश सरकारले आउने वर्ष अर्थात् २०८१ सालमा ३ दिन बिदा दिने निर्णय गरेको छ । संघीय सरकारलेभन्दा…
  • किरिया बसेका दाजुभाइ परीक्षामा

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    स्याङ्जा। किरियामा बसेका २ दाजुभाइ एसइईमा सहभागी भएका छन् । पुतलीबजार नगरपालिका ४ स्थित सरस्वती मावि परीक्षा केन्द्रबाट संगम क्षत्री…
  • सुरु भयो एसइई, ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सामेल

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । माध्यमिक शिक्षा परीक्षा (एसइर्ई) बिहीबारदेखि सुरु भएको छ । चैत २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइर्ई परीक्षाको…
  • बजेट अभावमा नगर अस्पतालको काम रोकियो   

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    दमौली । बजेट अभावका कारण तनहुँको भिमाद नगरपालिका–६ मा निर्माणाधीन भिमाद अस्पतालको भवन निर्माण रोकिएको छ । भिमाद प्राथमिक स्वास्थ्य…

hero news full width