कोरोना [कोभिड-१९] ताजा अपडेट
यहाँ क्लिक गर्नुहोस्

कपिलवस्तुका २ जना पत्रकारमा कोरोना पोजेटिभ

स्थास्थ्यकर्मी सुरक्षाकर्मी पछि संचारकर्मीमा पनि देखियो कोरोना

bikramkhadka विक्रम खड्का
जेठ ९, २०७७

बुटवल, ९ जेठ।  प्रदेश ५ मै सबैभन्दा बढि संक्रमितको संख्या रहेको कपिलवस्तुमा २ जना पत्रकारलाई पनि कोरोना पोजेटिभ देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार बिहान सार्जजनिक गरेको नयां संक्रमित मध्ये ९ जना कपिलवस्तुका थिए । त्यसमा दुई जना पत्रकार पनि रहेको कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाले बताए । उनीहरू बाणगंगा र कपिलवस्तु नगरपालिकाका २४ र २९ बर्षका पुरुष हुन । ९ जना थपिएसंगै कपिलवस्तुमा संक्रमितको संख्या ६९ पुगेको छ ।

कपिलवस्तुमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र संचारकर्मीमा पनि कोरोना देखिएको हो । यस अघि कपिलवस्तु अस्पतालमा कार्यरत एक स्टार्फ नर्समा कोरोना देखिएको थियो।

त्यस्तै ४ जना सुरक्षाकर्मीाम पनि कोरोना पुष्टि भैसकेको छ । चार सुरक्षाकर्मीहरु मध्ये २ जना नेपाल प्रहरी, १ जना शसस्त्र र एक जना राष्ट्रिय अनुसन्धानका हुन्।
संक्रमितहरुको संख्या दैनिक रुपमा वढेपछि कपिलवस्तुका नागरिकहरु थप चिन्तीत बन्दै गएका छन्।