नवलपरासीका ४ जनामा काेराेना संक्रमण, चितवनमा थप दुई जनामा पुष्टि

नेपालमा संक्रमितको संख्या आज मात्रै ३० थपिएर ४८७ पुगेको छ

रामकुमार श्रेष्ठ
जेठ ९, २०७७
corona

नवलपुर, ९ जेठ। नवलपुरमा थप एक जनामा कोरोना संक्रमण पुष्टी भएको छ। जिल्लाको विनयी त्रिवेणी ६ एक पुरुषमा कोरोना भाइरस पुष्टि भएको हो।

हिजो मध्यविन्दु जिल्ला अस्पतालमा ३१ ज्नाको स्वाव संकलन गरि भरतपुरको कोरोना परीक्षण प्रयोगशाला पठाइएको थियो । यो सँगै नवलपुरमा कोरोना संक्रमितको सख्या ३ पुगेको छ । एक जना भरतपुरको कोरोना अस्पताल र अर्की एक महिला काठमाण्डौमा उपचाररत छन् । उनको थप विवरण आउन वाँकी रहेको छ।

यता चितवनमा थप दुई जनामा कोरोना भाइरस देखिएको छ । भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा भरतपुर महानगरपालिका–६ केसरवाघ निवासी दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितहरु मध्ये एक जना ७४ वर्षीय पुरुष र अर्का ७३ वर्षीया महिला रहेका छन्।

चितवनमा नयाँ संक्रमित संख्या थपिएसंगै कुल संक्रमितको संख्या ५ पुगेको छ । चितवनका संक्रमित मध्ये यसअघि दुई जना निको भएर घर फर्किएका छन् भने एक जना काठमाडौंमै उपचाररत छन् । हिजो एकै दिन १३१ वटा स्वाव परीक्षणको लागि भरतपुरको कोरोना परीक्षण प्रयोगशाला पठाइएको थियो । अन्य विस्तृत विवरण आउन वाँकी रहेको छ ।

पश्चिम नवलपरासीमा ५ जना कोरोना संक्रमित पश्चिम नवलपरासीमा थप ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ। यस संगै पश्चिम नवलपरासीमा संक्रमितको सङख्या पाँच पुगेको छ । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाका वडानम्वर ३ घोडपालीकि ३३ वर्षिय महिला, रामग्राम १८ का १५ वर्षिय महिला र सुस्ता गाँउपालीका वडा नम्बर ५ का ३५ वर्षिय पुरुषमा गरि आज मात्रै ३ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थय कार्यालयका प्रमुख गौरव ढकालले जानकारी दिनुभयो।

हालसम्म पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकामा २, प्रतापपुरमा १ र रामग्राममा २ जनामा संक्रमण पुष्टि भएको हो । यी सँगै नेपालमा संक्रमितको संख्या आज मात्रै ३० थपिएर ४८७ पुगेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width