लेखनाथ साना शहरी खानेपानीद्धारा ग्रामीण क्षेत्रमा धारा वितरण कार्य शुरु

Avatar आदर्श समाज सम्वाददाता
जेठ ८, २०७७
Lekhnath Khanepani

लेखनाथ, जेठ २ । लेखनाथ साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले पहिलो सह–लगानी खानेपानी तथा सरसफाइ आयोजनाका उपभोक्ताहरुलाई धारा वितरण कार्य शुरु गरेको छ ।

पोखरा–२६ भवानीकालिका मावि स्थित बोरीङबाट निकालिएको पानीलाई १ हजार १ सय ९४ मिटर माथि उचाईमा लिफ्ट गरी ४ वटा ट्याङ्कीमार्फत पोखरा २६, २७, २८ र ३१ नं. वडाका पहाडी क्षेत्रमा पानी वितरण गर्न लागिएको हो ।पहिलो चरणमा बिहीबारबाट शुरु गरिएको धारा वितरणबाट ७०० वढि घरपरिवार लाभान्वित हुनेछन । धारा जडान पछि २ महिना परीक्षण अवधि रहने र यस अवधिमा पानीको महशुल नलिइने लेखनाथ साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष विष्णुप्रसाद बरालले बताए ।
आयोजना अन्र्तगत पूर्वमा लामास्वारा, पश्चिममा टाईगर टप, दक्षिणमा अर्चले र साविक लेखनाथको वडा नं.५ का भागमा करिब २५०० धरधुरीका उपभोक्ताहरुलाई सहज रुपमा खानेपानी वितरण गर्ने संस्थाको उद्देश्य रहेको अध्यक्ष बरालले वताए ।

धारा जडानको लागि पोखरा–२६ पिपलसारेमा रहेको कार्यालयमा अन्तिम किस्ता बुझाउन सकिने र जडानका सामग्रीहरु उपलब्ध हुने गरी व्यवस्थापन मिलाईएको संस्थाले जनाएको छ ।२०७४ साल असार २८ गतेबाट सुरु भएको आयोजना अन्तिम चरणमा रहेको र ९५ प्रतिशत काम पुरा भई ५ प्रतिशत कार्य बाँकी रहेको छ । नेपाल सरकारको ७० प्रतिशत र उपभोक्ताको ३० प्रतिशत लगानि रहेको सह–लगानी आयोजनामा पुर्व सांसद यज्ञ ब. थापा र हालका संघिय सांसद खगराज अधिकारीले सांसद विकास कोषमार्फत सहयोग गरेका छन ।

आयोजना सञ्चालनमा आउँदा उपभोक्ताहरुले प्रतिव्यक्ती ७५ लिटरका दरले २४ सै घण्टा पानी उपभोग गर्न पाउने लेखनाथ साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले जानकारी दिएको छ । धारा वितरण शुभारम्भ कार्यक्रममा संघिय कार्यालयका ईञ्जिनियर कुलप्रसाद पौडेलले आयोजना मार्फत २४ सै घण्टा खानेपानी उपलब्ध गराईने वताउँदै खानेपानीको लागि प्रयोग गरिने विद्युत महशुलमा राज्यले सहुलियत दिनुपर्ने वताएका थिए । यस्तै लेखनाथ उद्योग वाणिज्य संघका द्धितीय उपाध्यक्ष राजेन्द्र ओझाले ग्रामिण क्षेत्रमा रहेको पानीको समस्यालाई सम्बोधन गरेकोमा संस्थालाई आभार व्यक्त गरेका थिए

Related News

सम्बन्धित समाचार

    • पोखरा जेसीज ४७ औं वर्षमा

      Avatar आदर्श समाज सम्वाददाता चैत्र ३१, २०७७
      पोखरा । पोखरा जेसीज ४७ औं वर्षमा प्रवेश गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष समेत रहेका पोखरा…
    • प्रदेशस्तरीय सुरक्षा गोष्ठी : गण्डकीमा कस्तो छ सुरक्षा अवस्था ?

      Avatar आदर्श समाज सम्वाददाता चैत्र ३१, २०७७
      पोखरा । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले बदलिँदो राजनीतिक अवस्था अनुरुप सुरक्षा नीति बनाउन मातहतका सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।…
    • बुधबारदेखि टिकट काउण्टर बन्द

      rss रासस चैत्र ३०, २०७७
      काठमाडौँ । नेपालको राष्ट्रिय बसपार्कका रुपमा रहेको गोँगबुस्थित नयाँ बसपार्कका टिकट काउण्टर आगामी बुधबारदेखि बन्द हुने भएका छन् । बसपार्कका…
    • प्राविधिक शिक्षामा जोड दिन आवश्यकः प्रदेश प्रमुख शेरचन

      Avatar आदर्श समाज सम्वाददाता चैत्र ३०, २०७७
      कावासोती । गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले देशको समृद्धिको लागि प्राविधिक शिक्षामा जोड दिनुपर्ने बताएका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को…
    • ५ सञ्चारकर्मीलाई जनमत सम्मान

      Avatar आदर्श समाज सम्वाददाता चैत्र ३०, २०७७
      लमजुङ । जनमत वाङ्मय प्रतिष्ठानले ३७ औं वार्षिकोत्सवमा पत्रकार नवराज पहाडीसहित ५ सञ्चारकर्मीलाई सम्मान गरेको छ । कार्यक्रममा लमजुङका पहाडी,…

    hero news full width

    sanil ads

    wordlink ads