नेपालमा विहीबार ९ जना कोरोना भाइरसका संक्रमित थपिए

एजेन्सी
जेठ ८, २०७७
pree

काठमाण्डौ, ८ जेठ । नेपालमा बिहीबार कोरोना संक्रमित ९ जना थपपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार बिहीबार ९ कोरोना संक्रमित थपिएका र उनीहरूमध्ये रुपन्देही १ र झापामा ८ जना पुरूष छन्। उनीहरू सबै क्वारेन्टिनमा बसेका थिए।

कोरोना संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरू स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४५३ पुगेको छ।

बिहीबार नै काठमाडौंको टेकु अस्पतालमा उपचाररत ४ जना कोरोना संक्रमित निको भएर घर गएका छन्। अहिलेसम्म ४९ जना संक्रमित निको भएका छन्। हालसम्म कोरोना संक्रमणका कारण नेपालमा तीन जनाको मृत्यु भएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width