अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तर

राजेशचन्द्र राजभण्डारी
जेठ ८, २०७७
unnamed

बागलुङ, ८ जेठ । बिश्वब्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस कोभिट १९ बाट सुरक्षित रूपमा स्वास्थ्य सेवा दिन सहज बनाउने उद्देश्यले बागलुङ सदरमुकाममा रहेको एक संस्थाले धौलागिरि अस्पताल बागलुङलाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।

गोर्खा वेलफेयरले कोरोना भाइरसको जोखिम मोल्दै उपचार गर्दै आएको अस्पताललाई जोखिमबाट जोगिन हातधुने ७ वटा सेनिटाइजर टुल हस्तान्तरण गरेको छ । अहिले नयाँ प्रबिधि प्रयोग गरी बनाइएको सेनिटाइजर टुलमुनि खुट्टाले थिचेपछि माथि सजिलोसँग स्यानीटाइजर निस्केर हात धुन मिल्छ ।

गोर्खा वेलफेरले कोरोनाको जोखिमबाट बच्नको लागि नयाँ प्रबिधि बाट बनेको स्यानीटाइजर टुल उपयोगी हुने अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष केबी रानामगरले बताए ।अहिले हस्तान्तरण भएको स्वास्थ्य सामग्रीले अस्पतालमा आउने कोरोनाको बिरामीको उपचार गर्न सहज हुने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर शैलेन्द्र बिक पोखरेलले बताए ।

बागलुङ जिल्लामा दुईजना कोरोना संक्रमित पुष्टि भएर अस्पतालमा भर्ना गरी सफल उपचार गरेर पठाए पछि अस्पताल लाई विभिन्न संघसंस्था बाट सहयोग आउने क्रम बढेर गएको छ । वेलफेरले एक महिना अघि पनि विभिन्न स्वास्थ सामाग्री सहयोग गरेको थियोे ।बागलुङ जिल्लालाई सरकारले कोरोना भाइरस कोभिड १९ को उच्च जोखिममा राखेपनि स्वाथ्यकर्मीका लागि चाहिने अतिआवश्यक सामग्री भने प्रयाप्त मात्रामा पठाउन नसक्दा जोखिम मोलेर काम गर्नुपर्ने बाध्यता भने कायमै रहेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width