बुटवल ८ जेठ । रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचाररत कोरोना संक्रमित शिक्षकको मृत्यु भएको छ । भेन्टिलेटरमा उपचार भइरहेको उनको विहीबार विहान मृत्यु भएको प्रदेश ५ को समाजिक विकास मन्त्रालयले पुष्टि गरेको छ ।
प्रदेश ५ का सामाजिक विकास मन्त्री सुर्दशन बरालले उनको मृत्यु भएको विज्ञप्तिमार्फत पुष्टि गरेका छन् । उनको बिहान ७ बजेर १० मिनेटमा मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ । मृत्यु हुने बिरामी गुल्मीको मदाने गाउँपालिका वडा नं. ६ का ४१ वर्षका पुरुष हुन् । उनी स्थानीय कंके देउराली आधारभुत विद्यालयका शिक्षक हुन् । बिरामी भएपछि उनी अर्घाखाँचीको एक मेडिकलमा चेकजाँचपछि १ जेठमा रुपन्देहीको मणिग्राममा रहेको क्रिमशन अस्पतालमा उपचारका लागि आएका थिए ।
उनको स्वास्थ्य अवस्था नाजुक भन्दै गएपछि अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गराइएको थियो । गत जेठ १ गते उनी अस्पतालमा भर्ना भएका थिए भने २ गते उनको स्वाब परीक्षणका लागि रुपन्देहीकै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहव लगिएको थियो । त्यसको रिर्पोट भने ५ जेठमा मात्र आएको थियो ।
उनको अन्तिम संकारका लागि सबै तयारी पुरा भएको छ । डब्लुएचओको मापदण्ड अनुसार बुटवलमै उनको दाहसंस्कार गरिने मन्त्री बरालले जानकारी दिए ।
संक्रमितको मृत्यु भएसँगै हालसम्म नेपालमा कोरोना संक्रमितको मृत्यु हुनेको संख्या तीन पुगेको छ । यसअघि सिन्धुपाल्चोकको बाह्रबिसेकी सुत्केरी र बाँके नरैनापुरका क्वारेन्टाइनमा बसेका पुरुषको पनि कोरोनाकै कारण मृत्यु भएको थियो ।
Related News
सम्बन्धित समाचार
पर्यटन बोर्डले गरेको फोटो प्रतियोगिताका उत्कृष्ट ५ जनालाई पुरस्कार
जाल्पा लघुवित्तको साधारणसभा, ४ सञ्चालक चयन
मनोज विकलाई पेन गनबाट गोली हान्ने राजकिशोर पक्राउ
‘पर्यटन क्षेत्रका लागि नीतिगत सम्बोधनको खाँचो’
बर्दिया पोखरा सम्पर्क समाजकाे भित्रेपात्रो विमोचन
hero news full width
मुख्य समाचार
गण्डकी सरकार : ढलाउन भन्दा बनाउन सकस
पर्वतका आगलागी पीडितलाई मन्त्रीले बाँढे राहत
चैत्र २९, २०७७गुरुङ सरकार ढाल्न ३ दलको जोडतोड : जनमोर्चाको ग्रीन सिग्नल कुर्दै
चैत्र २९, २०७७संक्रमण बढी भएका स्थानमा ३ साता शैक्षिक संस्था बन्द गर्न सिफारिस
चैत्र २८, २०७७सभापतिबाहेक अरु पदमा उठ्दिनँ : डा शेखर कोइराला
चैत्र २८, २०७७आहारारा गोल्ड कप संकटालाई
चैत्र २८, २०७७