नेपाल फर्कन चाहने नेपालीलाई कसरी ल्याउने भन्ने बारेमा प्रधानमन्त्रीलाई ब्रिफिङ

एजेन्सी
जेठ ८, २०७७
1589973311mDETKqx1

काठमाण्डौ, ८ जेठ । विदेशबाट फर्किन चाहने नेपालीलाई कसरी ल्याउने भनेर म्यानेजमेन्ट टिम (सिसिएमसी) ले तयार पारेको योजनाबारे प्रधानमन्त्री केपी शर्मा ओलीलाई ब्रिफिङ गरेको छ।

बुधबार सिसिएमसीको कार्यालय रहेको छाउनीमा भएको ब्रिफिङमा तत्काल १३ लाख ५० हजार नेपालीलाई स्वदेश फर्काउन सकिने गरी तयार पारिएको प्रस्तावित योजना प्रस्तुत भएको थियो।सिसिएमसीले तयार पारेको योजनामा जहाजबाट १० लाख र भारतबाट ३ लाख ५० हजार ल्याउन सकिने उल्लेख छ । भारतबाट आएकामध्ये झण्डै १५ प्रतिशतलाई कोरोना संक्रमण हुने अनुमान रहेको छ ।

विदेशबाट आउनेहरूलाई सीमाना र विमानस्थलदेखि कसरी उनीहरूको घरसम्म र्पुयाउने लगायतका योजना समेत प्रधामन्त्रीसमक्ष प्रस्तुत भएको बैठकमा उपस्थित निकट स्रोतले बतायो। सिसिएमसीले प्रस्तुत गरेको कार्ययोजनलाई संशोधनसहित पारित गर्न प्रधानमन्त्री केपी ओलीले निर्देशन दिएको स्रोतले बतायो।’सिसीएमसीको प्रस्तावालाई केही परिमार्जन गर्न प्रधानमन्त्रीले निर्देशन दिनुभएको छ,’स्रोतले भन्यो,’हाम्रो क्वारेन्टाइन क्षमता र प्रदेश तथा स्थानीय सरकारले गर्न सक्ने कामका आधारमा योजना बनाउन भनेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width