Worldlink ads

निर्माण सामाग्री ल्याउन सहजीकरण गर्न माग

आदर्श समाज सम्वाददाता
जेठ ७, २०७७
3

पोखरा ७, जेठ । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा रहेका विभिन्न भौतिक पूर्वाधार निर्माण तथा मर्मत संहार समितिका पदाधिकारीले आफ्नो क्षेत्रमा विकास निर्माणमा निर्माण सामाग्री पुर्याउन कठिन भएको गुनासो गरेका छन्।

गण्डकी प्रदेशको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्र्तगत ९ वटा वडामा रहेका १३ योजनाका उपभोक्ता समितिका पदाधिकारीहरुले त्यस्तो गुनासो गरेका हुन्। कोरोना भाइरसको कारण देशमा बन्दाबन्दी भएकोले निर्माण सामाग्री अभाव र गाउँसम्म निर्माण सामान पुर्याउन कठिन भएकोले सहजीकरण गर्न उपभोक्ता समितिका पदाधिकारीहरुले गण्डकी प्रदेश सरकार र गाउँपालिकासँग माग गरेका छन् ।

गाउँपालिकाका अध्यक्ष कर्णबहादुर गुरुङले योजनाहरुको दिगोपनको लागि गुणस्तरमा ध्यान दिन उपभोक्ता समितिका पदाधिकारीसँग आग्रह गरे । कास्की निर्वाचन क्षेत्र नम्बर ३ (१) बाट निर्वाचित रामजी बराल र मनोनित सांसद पुष्पा केसी भण्डारीको सांसद विकास कोष अन्तरगत एक करोड ५ लाखको बजेट माछापुच्छ्रे गाउँपालिकामा विनियोजन गरेका हुन् ।

Related News

सम्बन्धित समाचार

    • नेप्सेमा उच्च गिरावट

      रासस भाद्र ३०, २०७८
      काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका…
    • कच्चा पदार्थकोे मूल्य बढ्दा तेलको मूल्य बढ्यो

      रासस भाद्र ३०, २०७८
      काठमाडौं । कोभिड–१९ का कारण अन्तर्राष्ट्रिय बजारमा तेलको कच्चा पदार्थको मूल्यमा वृद्धि हुँदा नेपालमा प्रशोधित तेलको मूल्य बढेको तेल उत्पादक…
    • बुधबारदेखि सरकारले खर्च खर्च गर्न नपाउने

      रासस भाद्र २९, २०७८
      काठमाडौं । विनियोजन विधेयक, २०७८ पारित नभएपछि सरकारले राज्यकोषबाट बुधबारदेखि खर्च गर्न नपाउने भएको छ । प्रतिनिधिसभाको आजको बैठकपछि सङ्घीय…
    • व्यवसायीको क्षमता विकास मेरो एजेन्डा : भट्टराई

      आदर्श समाज सम्वाददाता भाद्र २९, २०७८
      लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघको १३ औं महाधिवेशनमा द्वितीय उपाध्यक्ष पदमा व्यवसायी शैलेन्द्रमोहन भट्टराईले आफ्नो उम्मेदवारी प्रस्तुत गरेका छन्…
    • नेप्सेमा झिनो अङ्कको वृद्धि

      रासस भाद्र २८, २०७८
      काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads