पोखरा, ७ जेठ । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखिने बताएका छन् ।
टे्किङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) क्षेत्रीय कार्यालयले ‘आगामी बजेटमा पर्यटन विकासका लागि प्रस्तावित कार्यक्रम’ सम्बन्धी छलफलमा उनले भने “प्रदेशको विकास र समृद्धिका लागि आगामी बजेटमा पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखिनेछ ।”
मन्त्री गुरुङले पर्यटन क्षेत्रमा प्रत्यक्ष रुपमा थोरै देखिए पनि अप्रत्यक्षरुपमा योसँग जोडिने पूर्वाधार विकासमा बजेट बढिरहेको बताउँदै कोरोना महामारीबाट सङ्कटमा रहेको आर्थिक गतिविधिलाई चलायमान बनाउनका लागि विशेष जोड दिइनेछ भने । उनले भने “पर्यटन व्यवसायी समस्यामा हुनुहुन्छ, आर्थिक चलायमान नहुँदा निजी क्षेत्रलगायत सबैको अवस्था उस्तै छ, यसले राज्यको ढुकुटीमा समेत प्रत्यक्ष असर पारेको छ । अब आर्थिक लकडाउन हुन दिनुहुँदैन, यसबारेमा हामी सोच्नेछौँ ।”
टानका पूर्वअध्यक्ष टीकाराम सापकोटाले पदयात्रा र पर्वतारोहणबाट नेपालको पर्यटन शुरु भएको स्मरण गर्दै यस क्षेत्रको विकास र विस्तारमा प्रदेश सरकारले विशेष चासो दिनुपर्ने बताए । पर्यटन वर्ष घोषणा भएपछि धेरै लगानी पर्यटन क्षेत्रमा भएको तर सङ्कटको अवस्थामा त्यसको संरक्षणका बारेमा सम्बोधन हुन नसकेको उनको भनाइ थियो ।
टानका अध्यक्ष हरि भुजेलले गण्डकी प्रदेशको पर्यटनको प्रमुख आधार नै पदयात्रा र हिमाल आरोहण भएकाले यस क्षेत्रको विकासमा प्रदेश सरकारबाटै विशेष नीति तथा योजना आउनुपर्नेमा जोड दिए । उनले गण्डकी प्रदेशमा आठ हजारभन्दा अग्ला तीनवटा हिमाल भएको जानकारी दिँदै सगरमाथा चढ्नुअघि मर्दी टेन पिक अनिर्वाय चढ्नुपर्ने बाध्यकारी नियम बनाउन सके यस क्षेत्रको पर्यटन गतिविधि बढ्ने विश्वास व्यक्त गरे ।
सङ्घका प्रथम उपाध्यक्ष सुशीलराज पौडेल र सहसचिव उदय सुवेदी र कोषाध्यक्ष कृष्ण आचार्यले सन् २०२१ लाई पूर्वाधार विकासको वर्ष घोषणा गर्नुपर्नेमा जोड दिए । उनीहरुले पर्यटकको सुरक्षाका लागि आगामी योजनामा छुमरुङमा एउटा आकस्मिक रेस्क्यू टिम राख्न प्रदेश सरकारलाई सुझाव दिए ।
Related News
सम्बन्धित समाचार
पर्यटन बोर्डले गरेको फोटो प्रतियोगिताका उत्कृष्ट ५ जनालाई पुरस्कार
‘पर्यटन क्षेत्रका लागि नीतिगत सम्बोधनको खाँचो’
भुक देउराली होमस्टेमा सचेतना
खास्टेताल महोत्सवमा २ करोडको कारोबार
अमलटारीको ‘सिग्नेचर’ अनदीको ‘चिचर’
hero news full width
मुख्य समाचार
एक महिना अनलाइन कक्षा सञ्चालन गर्ने सरकारको तयारी
भ्याक्सिनले मात्रै कोरोनालाई हराउन सकिन्छ भन्ने नसोचौं : डब्लुएचओ प्रमुख
चैत्र ३१, २०७७बगाले बगेडी चरा संरक्षणप्रति सरोकारवालाको चासो
चैत्र ३१, २०७७सरकार ढाल्न कांग्रेसले बटुल्यो हस्ताक्षर, जनमाेर्चाले निर्णय दिन सकेन
चैत्र ३१, २०७७प्रदेशस्तरीय सुरक्षा गोष्ठी : गण्डकीमा कस्तो छ सुरक्षा अवस्था ?
चैत्र ३१, २०७७कोरोनाबाट गण्डकी प्रदेशमा थप २ जनाको मृत्यु
चैत्र ३०, २०७७