पोखरा, जेठ ७ । चलचित्र पत्रकारिता दिवस तथा नेपाल चलचित्र पत्रकार संघकाे २१ औँ बार्षिकउत्सवको अवसरमा नेपाल चलचित्र संघ, कास्कीले ‘जितप्रसाद द्वा चलचित्र पत्रकारिता पुरस्कार’ घोषणा गरेकाे छ।
पोखरामा चलचित्र क्षेत्रको विकासमा योगदान पुर्याउनुभएका अग्रज जितप्रसाद द्वाको नाममा घाेषणा गरिएकाे चलचित्र पत्रकारिता पुरस्कारको राशी २५ हजार रुपैयाँ रहने चलचित्र पत्रकार संघ कास्कीले जनाएको छ।
चलचित्र पत्रकारिता दिवसकै अवसर पारेर पुरस्कार प्रदान गर्ने योजना रहेपनि कोरोनाका कारण कार्यक्रम गर्न असमर्थ भएको चलचित्र पत्रकार संघ कास्कीका अध्यक्ष अरुण गिरीले बताए। ‘जेठ ७ गते बुधबार नै एक कार्यक्रम गरी पत्रकारिता दिवस मनाउने र पुरस्कार वितरण कार्यक्रम गर्ने हाम्रो योजना थियो। तर कोरोनाका कारण मुलुकमा भैरहेको लकडाउनले गर्दा कार्यक्रम गर्न असमर्थ भयौ,’ उनले भने।
उनका अनुसार सो पुरस्कार गण्डकी प्रदेश भित्र कार्यरत पत्रकारितालाई मूल पेशा बनाई चलचित्र पत्रकारितामा कम्तिमा ५ वर्ष काम गरेका सक्रिय पत्रकार एक जनालाई प्रदान गरिनेछ।
‘अफिसियल वेबसाइट’ सार्वजनिक
यसैगरी चलचित्र पत्रकारिता दिवस तथा २१ औँ बार्षिकउत्सवको अवसर पारेर चलचित्र पत्रकार संघ कास्कीले आजै आफ्नो ‘अफिसियल वेबसाइट’ सार्वजनिक गरेको छ ।
नेपाल पत्रकार संघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठले वेबसाइटको सार्वजनिक गर्दै चलचित्र पत्रकार संघ कास्कीको पछिल्लो गतिविधि प्रशंसा गर्न लायक भएको बताए । कोभिड १९ ले विश्व आक्रन्त भएकाबेला चलचित्र क्षेत्र समेत अछुतो नरहेको र यस्तोबेलामा पनि सामाजिक दुरी कायम गरी पत्रकारिता दिवस मनाउनु आफैमा सराहनीय काम भएको उनले उल्लेख गरे।
‘पोखरामा चलचित्र क्षेत्रको विकासमा योगदान पुर्याउनुभएका जितप्रसाद द्वा बुवाको नाममा चलचित्र पत्रकारिता पुरस्कार घोषणा हुनु गौरवको कुरा रहेको उनले बताए । ‘उहाँको परिवारनै चलचित्रकर्ममा आबद्ध छ,’ उनले भने, ‘तेस्रापट्टीबाट सुरु भएको चलचित्र हलको विकास हाल मिडटाउन ग्यालरीसम्म पुर्याउनको पछाडी द्वाको नाम अग्रपंक्तीमा आउँछ।’
वेबसाइट सार्वजनिक मात्र नभई यसको निरन्तरता र नियमित अपडेटको शुभकामना दिदै श्रेष्ठले नेपाल पत्रकार महासंघ कास्कीले जस्तोसुकै परिस्थितिमा पनि चलचित्र पत्रकार संघ कास्कीलाई सहयोग गर्न प्रतिबद्ध रहेको बताए ।
उक्त वेबसाइट सार्वजनिक कार्यक्रममा निर्वतमान अध्यक्ष रेम बिक, सचिव प्रभु अधिकारी, कोषाध्यक्ष अर्पण तिवारी, सह—सचिव सन्तोष बस्याल, सदस्यहरु विनिता सुनार, आशिष पुरी, मिलन थापा लगायतको उपस्थिति थियो ।
Related News
सम्बन्धित समाचार
आमा बन्दै नायिका प्रियंका कार्की
अब बाँच्छ सिक्लेसी ठाडो भाका
अब गुरुङ चलचित्र हलमा नियमित
लकडाउनपछि कलाकारको व्यस्तता बढ्दै
जितप्रसाद द्वा पत्रकारिता पुरस्कारबाट श्रीराम सिग्देल पुरस्कृत
hero news full width
मुख्य समाचार
कोरोनाबाट गण्डकी प्रदेशमा थप २ जनाको मृत्यु
‘प्रधानमन्त्री ओलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ’
चैत्र ३०, २०७७आहा ! फुटबलमा दर्शक
चैत्र ३०, २०७७कोरोनाको बढ्दो ग्राफ, कास्कीका विद्यालय कहिले बन्द ?
चैत्र ३०, २०७७गण्डकी सरकार : ढलाउन भन्दा बनाउन सकस
चैत्र २९, २०७७मनोज विकलाई पेन गनबाट गोली हान्ने राजकिशोर पक्राउ
चैत्र २९, २०७७