चौधरी उद्योग ग्राम पाँच दिनको लागि सिल

आदर्श समाज सम्वाददाता
जेठ ७, २०७७

नवलपरासी, ७ जेठ । कोरोना संक्रमित महिला माइती गाउँ बसेको पूर्वी नवलपरासीको देवचुली नगरपालिका २ मा रहेको चौधरी उद्योग पाँच दिनको लागि सिल गरिएको छ ।

जिल्ला प्रशासन र देवचुली नगरपालिकाले साविक दिव्यपुरी गाविस सिल गर्ने निर्णय गरेर सिल गरेसँगै चौधरी उद्योग पनि पाँच दिनका लागि सिल भएको हो । चौधरी उद्योगका महाप्रबन्धक रामकाजी सिटौलीले बुधबार एक विज्ञप्ति जारी गर्दै उद्योग पाँच दिन सिल गर्न निर्देशन भए बमोजिम सिल गरिएको जनाएका छन् ।
विज्ञप्तिमा परिषर भित्रबाट कोही कसैलाई पनि आउजाउ समेत गर्न नदिने जनाइएको छ ।संक्रमित महिलाको माइती पक्षले सञ्चालन गरेको होटेल खाद्यान्न उद्योग चौधरी उद्योग अगाडि नै रहेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width